होसियार रहनु होला-जर्बजस्ती रंग दले सार्वजनिक मुद्धा खेप्नु पर्ला

512 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बाबुराम श्रेष्ठ
धादिङ १९ फागुन  – होलीका नाममा जवरजस्तिअरुलाई रंग दल्ने,पानी छ्याप्ने तथा लोला हाल्ने सोच वनाउनु भएको छ भने होसियार रहनु होला । रमाईलो गर्ने हुने गल्तिले तपाईलाई प्रहरीको कष्टडी सम्म पु¥याउन पनि सक्नेछ ।
होलीका नाममा अरुलाई लोला हान्ने, पानी छ्याप्ने तथा जर्बजस्ती रंग दल्नेलाई सार्वजनिक अपराध अन्तरगत मुद्धा चलाउने तयारी प्रहरीले गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश मल्लका अनुसार होली पर्वको समयमा अरुलाई दुःख दिने जो कोहीलाई पनि सजायँ दिन प्रहरीले कोही संग सम्झौता नगर्ने वताउनु भएको छ ।
जर्बजस्ती रंग दलन्े, पानी छ्याप्नेलाई कारबाही गर्न प्रहरीले गस्ति बढाउनुका साथै सम्भावित स्थलहरुमा बिशेष निगरानी राख्न सादा तथा पोशाकमा रहेका प्रहरीलाई परिचालन गर्ने तयारी गरेको छ । हिन्दु संस्कार अनुसार होली पर्वको दिन रंग लोला र पानी छ्यापी रमाइलो गने चलन भएपनि अरुको इच्छा विपरीत लोला हान्ने कार्य भने गलत हुने भएकाले प्रहरीले त्यस्ता कार्य हुन नदिन प्रहरीको सक्रियता बढाउन लागिएको प्रहरी नायव उपरिक्षक मल्लले वताउनु भएको छ । सार्वजनिक स्थलमा हुने अर्मयादित क्रियाकलाप नियन्त्रण गर्न सरकारले जिल्ला प्रशासन कार्यलयलाई सजाय गर्न आदेश दिएको छ । होली पर्वको दिन अपराधिक क्रियाकलापहरु नहोस भनरे जिल्ला प्रहरी कार्यालय धादिङले वजार क्षेत्रमा माइकिङ गरेर होली पर्वको दिन सचेत रहौं, इच्च्छा विपरीत रंग तथा पानी नछ्यापौं, कसैले जबरजस्ति गर्न खोजेमा प्रहरीलाइै खबर गरौं भन्ने सन्देश प्रवाह गरेको जनाएको छ ।