बर्षाको कारण किराञ्चोको विद्यालय भवनमा क्षती, मर्मतको लागी सम्बन्धीत निकायलाई आग्रह

451 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ–बर्षाको कारण किरान्चोक गाउँ विकास समितिमा रहेको पञ्चकन्या निम्न माध्यमिक विद्यालयको भवन चर्र्कीनु साथै पर्खाल भत्किएको छ । शनिवारदेखी परेको बर्षाको कारण धादिङको किरान्चोक गाउँ विकास समिति वडा नम्बर ८ मा रहेको अफिस कोठाको भवनमा क्षती पुगेर र पर्खाल भत्किीएको विद्यालयका प्रधानाध्यापक ईन्द्र बहादुर भण्डारीले बताउनु भयो । मंगलबार दिउँसो पर्खाल भत्किएपनी कुनै मानविय क्षती नभएको विद्यालय स्रोतले जनाएको छ । जिल्ला शिक्षा कार्यलयको अनुदानमा तीन बर्ष पहिले २० लाखको लागतमा निर्माण भएको भवन भत्किएको हो । भवनको वरपर लगाईएको पर्खाल सबै लडेर अफिस कोठालाई समेत असर पु¥याएको छ । विद्यालयको भनव भत्किएपछी विद्यालयका शिक्षक तथा विद्यार्थीहरु समस्यामा परेका छन् । भवनको पुनः निर्माणको लागि सम्बन्धीत निकायलाई विद्यालयका प्रधानाध्यापक ईन्द्र बहादुर भण्डारीले आग्रह गर्नुभएको छ ।