टर्कीस एयरको विमान काठमाडौंमा दुर्घटना, २२४ यात्रु सकुशल –

499 पटक पढिएको

सम्पादक: Dhading News

 biman२० फागुन, काठमाडौं । टर्कीस एयरको विमान काठमाडौंमा दुर्घटना भएको छ । तर, सबै यात्रु सुरक्षित छन् । विमानमा २२४ यात्रु सवार थिए ।

स्तानबुलबाट काठमाडौंका लागि उडेको बिमान बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको हो ।

नागरिक उड्डयन प्राधिकरणका प्रमुख रतिसचन्द्रलाल सुमनले घटनाको पुष्टि गरेका हुन् ।

पहिलो पटक अवतरण गर्ने प्रयास असफल भएपछि दोस्रो पटक अवतरण गर्नेक्रममा दुर्घटना भएको हो । विमान रन वेमा अवतरण गर्न खोज्दा अनियन्त्रित भएर घाँसे मैदानतिर गएर दुर्घटना भएको थियो ।