नीलकण्ठ क्याम्पसमा शैक्षिक सुधारका लागि सत्तरी लाख अनुदान

1171 पटक पढिएको

२० फाल्गुन २०७१, बुधबार १२:५५ सम्पादक: धादिङ न्यूज

Neelkantha campus dhadingधादिङ ,२० फागुन- धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसलाई बिश्व बिद्यालय अनुदान आयोगले शैक्षिक सुधारका निम्ति ७० लाख अनुदान दिएको छ ।
सामुदायिक क्याम्पसहरुको तुलनामा सिमित श्रोत साधनवाट गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएको भन्दै आयोगले नीलकण्ठ क्याम्पसको शैक्षिक विकासका निम्ति अनुदान दिएको क्याम्पसले जनाएको छ । जिल्लामा रहेका चौध वटा क्याम्पस मध्ये स्नातकोत्तर तह सम्मको पढाई संचालन गर्ने एक मात्र क्याम्पसको रुपमा नीलकण्ठ रहेको छ ।
नीलकण्ठ बहुमुखी क्याम्पसमा बुधवार आयोजना गरिएको ‘द इफोटर्स जर्नल अफ एनअमसि’ नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्वोधन गर्दै क्याम्पस संचालक समितिका अध्यक्ष मोहनकुमार श्रेष्ठले अनुदान प्राप्त भएको बिषयमा जानकारी गराउनु भएको हो । क्याम्पसको स्थापना देखि नै शैक्षिक र भौतिक विकासलाई एकैसाथ अघि बढाएका कारण जिल्लाकै नमुना क्याम्पस बन्न सफल भएको श्रेष्ठको भनाई थियो । आयोगबाट प्राप्त रकम शैक्षिक विकासका निम्ति खर्च गरिने वताईएको छ ।
क्याम्पसले तयार पारेको गरेको ‘द इफोटर्स जर्नल अफ एनअमसि’ पुस्तक धादिङ जिल्लाका सबै क्याम्पस तथा उच्च माविहरुमा पठन पाठन गर्न उपयुक्त भएको क्याम्पस प्रमुख भुपेन्द्रकुमार श्रेष्ठले जानकारी दिनु भयो । कार्यक्रममा क्याम्पस संचालक समितिका पूर्व अध्यक्ष एवम रामनाथ अधिकारीको प्रमुख आतिथ्य रहेको थियो ।