होली पर्व धादिङमा मनाईदै, जबरजस्ती लोला हाने प्रहरीलाई फोन डायल गर्नुस

478 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

holiधादिङ– रङहरुको पर्व होली आज धादिङ सहित देशभर एक आपसमा अविर दलेर मनाईदैछ सबै नेपालीहरु एकआपसमा रङ्ग तथा अबीर लगाएर भोली फागु पुर्णिमा पर्व मनाउने पर्खाइमा रहेका छन् ।  तर पनि होलीको नाममा हुने विकृती रोक्नको लागी प्रशासनले सार्वजनिक मुद्वा चलाउने भनेपछी होलीको रौनकता अलि कम भएको छ । विहानैबाट धादिङबेसीमा प्रहरी परिचालन गरीएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाउको छ । होलीमा जबरजस्ती लोला नहान्को लागि आग्रह गर्दै प्रहरीले यपसअघिनै माईकिङ गरेर सर्बसाधारणलाई जानकारी गराईसकेको छ । होलीको नाममा बढ्दै गईरहेको विकृती रोक्नको लागि जिल्ला प्रहरी कार्यलयले सक्रियता देखाएको छ । दैत्यराज हिरण्यकशिपुले विष्णुभक्तिबाट विजलित पार्न नसकेपछि आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रह्लादसहित पस्न लगाउँदा होलिका भस्म भएकी र भक्त प्रह्लाद भने आगोबाट सकुशल निस्केको प्रसङ्ग पुराणमा उल्लेख गरिएको छ । यसैको सम्झनास्वरुप शक्तिको दुरुपयोग गर्ने पाप प्रवृत्तिकी प्रतीक होलिका मारिएको उपलक्ष्यमा होलिकादहन भनी चीरदाह गरेर आपसमा रङ्ग, अबीर दलेर खुसीयाली मनाई होली खेल्ने परम्पराको थालनी भएको मानिन्छ । जबरजस्ती लोला हाने जिल्ला प्रहरी कार्यलयको फोन नम्बर ०१०–५२०१९९ मा फोन गरेर निवेदन दिन प्रहरीले आग्रह गरेको छ ।