धादिङका युवा विदेशीने क्रम बढ्यो, आर्थिक बर्ष०७०÷७१ मा ९ हजार युवा विदेश गए

1201 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

bideshधादिङ–पछिल्लो समय बैदेशिक रोजगारमा नेपाली युवाहरुको आकर्षण बढेको छ । देशमा रोजगार नभएको भन्दै दैनिक १६ सय युवाहरु त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट विदेश जान्छन् । भारतको बाटो भएर विदेश जानेको त सरकार सँग कुनै तथ्याङकनै छैन । बढ्दो महंगी र देशको अस्थिर राजनीतिकको कारणले पनि नेपाली युवाहरुलाई विदेश जान बाध्य बनाएको छ । विदेश जाने सबैले पैसामात्र कमाउनछन् भन्ने छैन, कत्तिले विदेशी भुमिमा ज्यान गुमानउ समेत परेको छ । वैदेशिक रोजगारमा विदेश गएकाहरुको पारिवारीक अवस्था पनि छिन्नभिन्न हुने गरेको छ । श्रीमान विदेश हुँदा घरकी श्रीमती अर्के सँग हिड्न्े वा श्रीमान स्वदेश आईसकेपछी श्रीमतीको चरीत्रमाथि प्रश्न गर्दै अर्की श्रीमती ल्याउने परम्पराले नेपाली समाजनै अब कतातिर जाने हो भन्ने गम्भिर शंका पैदा भएको छ । यसैक्रममा धादिङका युवाहरु पनि विदेशीन क्रम झनै बढ्दो क्रममा रहेको छ । विगत केहि बर्षको तथ्याङक हेर्नेहो भने प्रत्येक बर्ष धादिङबाट रोजगारी गर्न विदेश जाने युवाहरुको संख्या बढ्दै गईरहेको छ । आर्थिक बर्ष २०७०÷७१ मा मात्र ८ हजार ६ सय ९५ जना युवाहरु विदेश गएका छन् ।जसमा ५ सय ७४ जना महिला रहेका छन् । ती मध्ये सबैभन्दा बढी मलेसियामा गएका छन् । त्यसैगरी २०६९÷०७ मा ६ हजार ९ सय ३ जना युवाहरु विदेश गएको तथ्याङ रहेको छ । त्यसैगरी २०६८÷०६९ मा ५ हजार ३ सय ४० जना विदेश गएका थिए । श्रम स्विकृत गरेर त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल भएर जानेमात्र यति हुन् अझै भारतको बाटो भएर दलालको लहैलहैमा लागेर विदेश जानेहरुको तथ्याङ अझै डर लाग्दो रहेको छ ।