किन आउदै छन् आज भारतीय अभिनेता शाहरुख नेपालमा

764 पटक पढिएको

२५ फाल्गुन २०७१, सोमबार ०८:४० सम्पादक: धादिङ न्यूज

khan_40798भारतीय अभिनेता शाहरुख खान आज नेपाल आइपुग्ने भएका छन्। हिजो काठमाडौं आइपुग्ने कार्यक्रम भए पनि शाहरुख आउने जहाजलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले अत्यधिक चापका कारण अवतरण अनुमति नदिएपछि आजलाई उडान सारिएको हो।

निरोल्याक पेन्टस्‌ले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन अभिनेता खान काठमाडौं आउन लागेका हुन्। निजी विमानबाट खान आज दिउँसो ३ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

उनी आज नै पत्रकार सम्मेलनमा सहभागी हुने छन्। हायत होटलमा उनी बस्ने छन् ।
(