विषादी मिसेको गहुँको रोटी खादा ६ जनाको मृत्यु ।

937 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

bisa
धादिङ पिडा गाँउ विकास समिति वडा नम्बर ८ पुकुनमा आज विहान विषालु गहँुको रोटी खादा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । विउ गहुँमा किरा लाग्छ भनेर विषादी मोलेर राखेको गहुँको रोटी खादा ६२ बिर्षीय सन्जा बहादुर स्याङतान, उहाँको २८ बर्षिय बुहारी फुल माया स्याङतान र ५ बर्षिय नाती रमेश स्याङतान, २ बर्षिय नाती अनिल स्याङतान, ५ बर्षिय नाती अजुर्न स्याङतान र ७ बर्षिय नातिले सविता स्याङचानको मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी घट्टघनीको परिवारका ६ जना पनि गम्भिर घाईते भएका छन् । पैचो पिठो लगेर रोटी खाएका अन्य ६ जना छिमेकी पनि घाईते भएका छन् । गाउँका तीन घरपरीवारका अन्य २० जना घाईते भएका छन् । घाईतेहरुको प्रहरी, स्थानीय र विद्यार्थीहरुले उपचारको लागी विभिन्न स्वास्थ्य संस्थामा लगेका छन् । मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।