वेहुला वेहुली र जन्ति घर पुग्न नभ्याउंदै प्रहरीको फन्दामा

603 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । पञ्चैवाजा सहितको जन्तिका साथमा चितवन गड्यौली स्थित माईतबाट अन्मिएर आएकी २५ वर्षीया सुजिता बर्तौला वेहुलाको घर पुग्न नभ्याउंदै प्रहरीको फन्दामा परेकी छिन् । सुजितालाई धादिङ चैनपुर घर भएका ३० वर्षीय चन्द्र बहादुर ईटनीले बुधवार विहे गरेर घर ल्याउंदै गर्दा धादिङबेसीमा जन्ति सहित प्रहरीले नियन्त्रणमा लिएको हो । इटनीले पहिलेको श्रीमतीसंग सम्वन्ध विच्छेद नगरी सवितालाई दोस्रो श्रीमतीको रुपमा विहे गरेका कारण वेहुला वेहुलीनै पक्राउ परेका हुन ।
हिन्दु परम्परा अनुसार विहे भएर आएकी सविता बेहुलाको घरमा भित्रिन नपाई उनिहरुलाई बिच बाटोबाट प्रहरीले जन्ति सहितको गाडी नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धादिङमा लगेको हो । बेहुला बेहुलीलाई पहिलो श्रीमती संञ्जीता अधिकारीले प्रहरीमा मौखिक उजुरी दिएका कारण सोधपुछका लागी भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो । आठ वर्ष अघी चन्द्रबहादुरसंग आफ्नो विवाह भएको उनको भनाई छ । परिवाकै राजीखुसीमा धादिङकै फुलखर्कको दाङ्गसिङ्ग भन्ने स्थानबाट संञ्जीतालाई २०६४ सालमा ईटनीले मागि विवाह गरेको वताईएको छ ।

11063271_802264156519357_39353866_nघरायसी झै–झगडाका कारण चन्द्र बहादुरको पहिलो श्रीमतीले सम्बन्ध विच्छेद गर्नका लागी जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा गत भदौ महिनामा मुद्दा दर्ता गरेको खुल्न आएको छ । मुद्दा विचाराधिन रहेको र फैसला नभई विबाह गरेको भन्दै निजलाई प्रहरी लगाई विहेको पहिरनमा पक्राउ गर्न लगाईएको हो । जेठी श्रीमती अधिकारीले श्रीमानसंग सम्वन्ध बिच्छेद गरी दश लाख रुपैया माग राखेकी छिन । मुद्दा विचाराधिन अवस्थामा हुदा विबाहा गर्न नपाउने भन्दै आफुलाई दश लाख रुपैया दिए मात्र सम्वन्ध विच्छेद गर्ने अन्यथा दोस्रो विबाह गरे बापत कानुनी कारवाही गर्नु पर्ने ईटनीको पहिलो श्रीमती अधिकारीको माग रहेको छ ।
प्रहरीले नियन्त्रणमा लिएका बेहुला बेहुलीलाई आफन्तजनको जिम्मामा छाडिदिएको छ । लामो समय देखि पारिवारिक विवाद रहेको र श्रीमान श्रीमती बीच सम्वन्ध विच्छेदको मुद्धा चलिरहेकोले यस बिषयमा दुई पक्ष बसेर निचोड निकाल्ने सहमती भएपछि नियन्त्रणमा रहेका सबैजनालाई छाडिदिएको प्रहरी निरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो ।