पुकुनका बिषाक्त पिडितलाई शान्ति नेपालको ७१ हजार सहयोग

756 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

pidaa ghatnaaa up date photo 345004

धादिङ–बिषाक्त गहुंको रोटी खाएपछि गम्भिर अवस्थामा विरामी परेकाहरुको उपचार सहयोगका लागि गैरसरकारी संस्था शान्ति नेपालले आर्थिक सहयोग गरेको छ ।
दक्षिणी धादिङको पिडा गाविस वडा नम्बर ८ पुकुन गाउंका तामाङ परिवारले बिषाक्त गहुंको रोटी खाएका कारण ६ जनाले ज्इान गुमाएका छन भने १६ जना भन्दा बढी विरामी परेका थिए । विरामी मध्ये गम्भिर अवस्थामा रहेका १६ जनाको काठमाण्डौंको स्वयम्भु स्थित मनमोहन सामुदायिक अस्पतालमा उपचार भईरहेको छ ।
उपचारमा रहेकाहरुको सहयोगका लागि शान्ति नेपालले संस्थागत रुपमा ३५ हजार र संस्थाका कर्मचारीबाट संकलित ३६ हजार २ सय समेत गरी कुल ७१ हजार २ सय रुपैया विहीवार अस्पतालका अध्यक्ष एवम धादिङ क्षेत्र नम्बर ३ का सभासद राजेन्द्र पाण्डेलाई हस्तान्तरण गरेको हो । विरामीहरुको उपचारका लागि तत्काल लाग्ने सबै खर्च व्यहोर्दै आईरहेको मनमोहन अस्पताललाई शान्ति नेपालले मानविय सहयोगमा उत्कृष्ठ कार्य गरेको भन्दै धन्यवाद व्यक्त गरेको छ ।