धादिङमा ६८ जना परीक्षा दिनबाट बञ्चित
470 पटक पढिएको
बाबुराम श्रेष्ठ
धादिङ चैत्र ४ गते÷विहीवार देखि शुरु हुने प्रवेशिका परीक्षा २०७१ मा सामुदायीक र संस्थागत गरी धादिङबाट नियमित तर्फबाट ५ हजार ८ सय ६२ र एक्जाम्टेड तर्फ १ हजार १ सय २९ गरी कुल ६ हजार ९ सय ९१ जना परीक्षर्थीहरु सामेल हुँदैछन् । जिल्लाका ६८ जना परीक्षार्थीहरु भने परीक्षा दिनबाट बञ्चित भएका छन् । जस मध्ये परीक्षाको आवेदन
भरी परीक्षा दस्तुर नतिरेको र बीचमै पढ्न छोडेका परीक्षाथीहरु मात्र भएको जिल्ला शिक्षा कार्यालय धादिङले जनाएको छ । यसै गरी परीक्षामा जिल्ला कारागार धादिङबाट हिमाल घले र कृष्ण बहादुर श्रेष्ठ गरी २ जना विद्यार्थीहरुले परीक्षा दिने भएका छन् । यसै गरी खुल्ला तर्फ नीलकण्ठ उमावि धादिङबेसीबाट नियमित तर्फ २९ जना र एक्जाम्टेड ६ जना र जनजागृत उमावि थाक्रेबाट ३४ जना परीक्षार्थीहरु एस.एल.सि.परीक्षामा समेल हुँदै छन् । यसै गरी जनजागृत उमावि थाक्रेमा अध्ययनरत ३ जना दृष्टिबिहिन विद्यार्थीहरुले महाकाली उमावि सिम्लेबाट परीक्षा दिने भएका छन् । जिल्लामा रहेका २१ वटै परिक्षा केन्द्रहरुमा सबै कर्मचारी पुगिसकेको र परीक्षाको लागि सम्पूर्ण तयारी गरिसकिएको जिल्ला शिक्षा कार्यालय धादिङका सहायक जिल्ला शिक्षा अधिकारी देवीरञ्जन हुमागाई बताउनुभयो । परीक्षालाई मर्यादित र अनुशासित बनाउन जिल्ला भर ७ हजार ९७ जना कर्मचारी खटाइएको छ । जिल्ला शिक्षा कार्यालयले दिएको जानकारी अनुसार सबै केन्द्रहरुमा उत्तर पुस्तिकाहरु पु¥याइसकिएको छ भने परीक्षा हल भित्र सिट प्लानिङ समेत गरिसकिएको छ । यस वर्ष मर्यादित बनाउन प्रत्येक परीक्षा केन्द्रमा अधिकृत तहका कर्मचारी खटाइएको र प्रधानाध्यापकहरुलाई पनि ओरेन्टेसन दिइएको जिल्ला शिक्षा अधिकारी ढकालले बताउनुभयो । २१ वटा केन्द्रम २१ जना केन्द्राध्यक्ष, २९ जना सहायक केन्द्राध्यक्ष, २ सय ८१ जना निरिक्षक तथा ८२ जना विद्यालय सहायक रहेका छन् । परीक्षा केन्द्रमा हुन सक्ने संभावित घटनालाई ध्यानमा राखेर जिल्लाभरएक वटा केन्द्रअध्यक्षमा १५ जनाका दर २१ वटा परीक्षा केन्द्रमा ३ सय १५ सय जना सुरक्षाकर्मी समेत खटाइएको जिल्ला शिक्षा कार्यालय धादिङका सहायक जिल्ला शिक्षा अधिकारी देवीरञ्जन हुमागाईले बताउनु भयो । परीक्षा मर्यादित बनाउन विभिन्न अनुगमन टोली बनाएर आचार संहिता बनाइएको छ
। परिक्षार्थीले नियमित विद्यालय पोशाकमै परिक्षा दिनुपर्ने, मोवाईल प्रयोग गर्न नपाइने लगायतका आचार संहितको व्यवस्था गरिएकोे छ । कारणबस परीक्षामा लेख्न नसक्ने अवस्था आएमा सम्बन्धीत विद्यालय र जिल्ला शिक्षा कार्यालयको सिफारिस मार्फत कक्षा ८ मा पढ्ने विद्यार्थीलाई साथी राखेर परीक्षा दिन पाउने व्यवस्था मिलाइएको जिल्ला शिक्षा कार्यालय धादिङले जनाएको छ । चैत्र ५ गतेबाट सुरु हुने एस.एल.सि.परीक्षा १३ गते सकिनेछ ।