क्रिकेट खेल्दा बालक ६० फिट गहिरो इनारमा खसेपछि….

827 पटक पढिएको

सम्पादक: Dhading News

Shuvam_Guajrat_381924628फोटो :इनारमा खसेका बालकलार्इ निकालिँदै । फोटो : एजेन्सी
एजेन्सी : क्रिकेट खेल्ने क्रममा आकाशिएको बल समात्न दौँडदा एक बालक ६० फिट गहिरो इनारमा खसेका छन् ।

भारतको गुजरातस्थित डेभासमा स्थानीय मैदानमा मंगलबार साँझ क्रिकेट खेल्ने क्रममा ब्याटिङपछि आकाशिएको बल समात्न खोज्दा फिल्डिङमा रहेका एक बालक ६० फिट गहिरो इनारमा खसेका हुन् अन्नपूर्ण पोष्ट डट कमले खबर लेखेको छ ।
डेभासमा क्रिकेट खेल्ने क्रममा शुभम् नाम गरेका ती बालक इनारमा खसेपछि उनको उद्धार गरिएको थियो । इनारमा खसेर पनि ती बालकको तत्कालै उद्दार गर्न सकिएकाले जीवन बँचेको छ । इनारमा खसेपछि उनको आँखा, अनुहार र शरिरका अन्य भागमा चोट लागेको थियो ।

इनारबाट घाइते अवस्थामा निकालिएका बालक शुभम
गहिरो इनारमा खसेका उनको त्यही मैदानमा रहेका निर्भय सिंह नामका व्यक्तिले बहादुरी देखाउँदै इनारमा हामफालेर उद्धार गरेका थिए । बालक इनारमा खसेपछि स्थानीयबासीमा खैलाबैला मच्चिएको थियो । बालकको उद्दार गरेको हेर्न क्षणभरमा हजरौं मानिस घटनास्थलमा जम्मा भए ।
इनारमा हामफालेर शुभमको जीवितै उद्धार गर्ने निर्भयलाई सर्वसाधारणले ‘बहादुर पुरुष’ को संज्ञा दिएका छन् । इनारमा खसेर चोटग्रस्त बालकको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

इनारमा हामफालेर बालक बचाउने निर्भय सिंह