धादिङका ६८ जना विद्यार्थीले एसएलसी परिक्षा दिन पाएनन्

534 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

धादिङ–यस बर्षको एस एल सी परिक्षामा धादिङबाट ६८ जना विद्यार्थीहरु एसएलसी दिनबाट बञ्चित भएका छन् । आजबाट सुरु भएको परिक्षामा विभिन्न विद्यालयमा अध्ययनरत एसएलसी परिक्षा फारम भरेका विद्यार्थीहरु बञ्चित भएका हुन् । विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेका, विद्यालय छाडेकालगायतका कारण ती विद्यार्थीहरु परीक्षा दिनबाट बञ्चित भएको जिल्ला शिक्षा अधिकारी गणेश प्रसाद ढकाललले जानकारी दिनुभयो । आजबाट सुरु भएको परिक्षामा जिल्लाबाट ६ हजार ९ सय ९१ जना विद्यार्थी सहभागी भएका छन् ।