मैदी पछि फेरी धादिङको कुम्पुरमा स्याल आतंक

710 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

salधादिङ–धादिङको कम्पुर गाउ विकास समिति वडा नम्बर ३ मा स्याल आतंक बढेको छ । स्यालले पशुचौपाय र मानिसलाई पनि टोक्न थालेपछी स्थानीय त्रसीत बनेका छन् । मंगलबारबाट स्यालले आतंक मच्चाएपछी स्थानीयले नियन्त्रणको लागि ईलाका प्रहरी कार्यलय गजुरीमा अनुरोध गरेका थिए । । स्यालले मानिसलाई देख्ने वित्तिकै झम्टिएर आउने स्थानीयले बताएका छन् । अहिले सम्म ३ जना मानिस र झन्डै डेढ दर्जन पशुचौपायलाई टोकिसकेको छ । घर छाडेर हिड्न पनि नहुने भएको छ स्थानीयले गुनासो गरेका छन् । समुहमा हिड्ने स्यालको बथानले जस्लाई भेटेपनि आक्रमण गर्ने गरेको छ । स्याल नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यलय धादिङबाट प्रहरी टोलि कुम्पुर जाने तयारीमा रहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।