उन्नत मकैको बीउ प्रयोगले धादिङमा मकै उत्पादन बढ्दै
807 पटक पढिएको

धादिङ– धादिङमा मकै उत्पादन बढ्दो क्रममा रहेको जिल्ला कृषि विकास कार्यलय धादिङले जनाएको छ । उन्नतजातको मकैको बीउ किसानले रोप्न थालेपछी उत्पादनमा बृद्धि भएको हो । गत बर्ष प्रतिहेक्टर १ दशमल ५६ मेट्रिकटन मकै उत्पादन भएपनि यसबर्ष बढेर १ दशमलब ७५ प्रतिशत बृद्धि भएको हो । धादिङको १९ हजार ४ सय ४५ हेक्टर क्षेत्रफलमा मकै उत्पादन हुदँै आएको छ । मौसमले पनि साथ दिउको र उन्नतजातको मकैको बीउ रोपेको कारणले मकैको उत्पादनमा बृद्धि भएको हो । धादिङको मुख्य बाली भनेकोनै मकै हो । धादिङमा रामपुर कम्पोजित, अरुण–२, मनकामना–३, शितला, देउती, पोशिलो–१, गणेश–१ र गणेश –३ जातको मकैको बीउ प्रयोग हुने गरेको छ ।यबसर्ष पनि जिल्ला कृषि विकास कार्यलय धादिङले एक नगरपालीका सँगै ८ वटा गाउँ विकास समितिका किसानहरुलाई उन्नतजातको मकैको बीउ वितरण गरेको छ ।