बुढीगण्डकी जलविद्युत आयोजनाले राष्ट्रिय गौरव बढाउनेछ -उर्जामन्त्री राधा ज्ञवाली
604 पटक पढिएको


स्थानीय लाई सम्वोधन गर्दै मन्त्री ज्ञवालीले भ्रमणका उद्देश्य बारे जानकारी दिनुभयो । मन्त्री नेतृत्वको टोलीले विभिन्न परीक्षण लागि गोरखा घ्याल्चोकमा निर्माण गरिएको टनेल ,प्रस्तावित बांध निर्माण क्षेत्र लगायतका अवलोकन गरेको छ । टोलीले गोरखा घ्याल्चोक देखि आरुघाट सम्मको अवलोकन भ्रमण गर्नुका साथै स्थानीय संग अन्तरक्रिया समेत गरेको छ । अध्ययन सकिने वित्तिकै केही महिनामा नै काम शुरु हुने विकास समितिका अध्यक्ष डा.लक्ष्मी प्रसाद देवकोटाको भनाई छ । टोलीमा गोरखाका सभाषदहरु चिनकाजी श्रेष्ठ ,कमला पन्त ,कृष्ण धिताल ,धादिङ्गका राजेन्द्र पाण्डे ,गुरु बुर्लाकोटी ,धन बहादुर घले लगायतको सहभागीता रहेको छ । ट्रयाक्टवेल इन्जीनियरिङले आयोजना निर्माणँका लागि ड्यामसाइटपावरहाउस ,सर्ट टनेल पावरहाउस र लङ्ग टनेल पावरहाउस ,नन टनेल गरी ३ प्रकारको संरचनागत तथा ६ सय ३० र ९ सय ४५ मेगावाट क्षमतामा निर्माणँ गर्न सकिने विकल्प सहितको प्रतिवेदन बुझाएका थियो ।