धादिङका गाविस सचिवहरुलाई दुई दिने अभिमुखीकरण तालिम

514 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

cidsधादिङ– एकिकृत ग्रामिण विकास समाज (सिड्स) धादिङको आयोजनामा गाविस सचिवहरुको लागि सन्चालन भएको दुई दिने अभिमुखिकरण तालिम शुक्रबार सम्पन्न भएको छ । नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय र स्विस सरकार विचको द्धिपक्षिय सम्झौता अनुसार हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपालको साझेदारीमा चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज (सिड्स) धादिङ ले सञ्चालन गरेको सुरक्षित आप्रवासन(सामी) परियोजना अन्तर्गत धादिङ जिल्लामा सञ्चालित सुचना तथा परामर्श केन्द्र तथा सामाजिक परिचालन कार्यक्रम अन्र्तरगत गा.बि.स सचिवहरुका लागी आयोजित २ दिने अभिमुखीकरण कार्यक्रम शुक्रबार सकीएको हो ।
अभिमुखिकरण कार्यक्रममा धादिङ जिल्लाका बिभिन्न ४२ गा.बि.स र १ नगरपालीका मा कार्यरत ३४ जना सचिवहरुको सहभागीता रहेको थियो । दुई दिन सम्म सन्चालन भएको अभिमुखिकरणमा सहजकर्ता सुनिल न्यौपाने, सामी जिल्ला संयोजक कमल रोकाय , सिड्स कार्यकारी निर्देशक गोकर्ण रुपाखेती र सामी परियोजनाका कार्यक्रम संयोजक गंगा सुवेदीले बिषय वस्तुमाथी प्रष्ट पार्नुभएको थियो । अभिमुखीकरणमा सहभागी गा.बि.स सचिवहरुको आयोजनामा वडा नागरीक मञ्च र स्थानिय राजनितिक दलका प्रतिनिधि सहितको सहभागीतामा १ दिने अभिमुखीकरण गर्ने व्यक्ति गत रुपमा गा.बि.स स्तरको कार्ययोजना निर्माण गरी सबै गा.बि.स स्तरमा सूचना तथा परामर्श सेवा बिस्तार गर्ने योजना तयार भएको छ ।