रेस्लिङ खेल्दा खेल्दै रेस्लरको ज्यान गयो

688 पटक पढिएको

सम्पादक: Dhading News

Aguayo_Wrestler_897247873फोटो :विपक्षीको किक लागेर रिंग ढलेका रेस्लर पेड्रो अगुयो रामिरेजलार्इ उठाउन खोज्दै अर्का रेस्लर । तस्बिर : एजेन्सी
एजेन्सी : एक मेक्सिकन रेस्लरको रेस्लर खेल्ने क्रममा ज्यान गएको छ । शुक्रबार राति हजारौं दर्शकबीच रेस्लिङ खेलिरहेका बेला विपक्षी खेलाडीले हानेको किक लागेर ती रेस्लरको रिंगमै ज्यान गएको हो ।मेक्सिकोमा इहिजो डेल पेर्रो अगुयोका रुपमा परिचित ३५ वर्षीय रेस्लर पेड्रो अगुयो रामिरेजको विपक्षी खेलाडीले उफ्रेर हानेको किक लागेर रिंगमै ज्यान गएको हो अन्नपूर्ण पोष्ट डट कमले खबर लेखेको छ ।

किकले लागेर रिंगमा ढलेका उनी नउठेपछि उठाउन खोजिएको थियो । रिंगमा ढलेपछि उनलार्इ अस्पताल पुर्याएपछि चिकित्सकहरुले मृत घोषित गरेका थिए ।

उनीमाथि अर्का रेस्लर रे मिस्टेरियो जुनियरका रुपमा परिचित ओस्कर गुटियारेले उफ्रेर गर्दनमा किक हानेका थिए ।

 
रिंगमा ज्यान गुमाएका मेक्सिकन रेस्लर
उनी रिंगमा ढलेको दुर्इ मिनेटसम्म अन्य रेस्लरले खेल जारी राखेका थिए । दुर्इ मिनेटसम्म उनी नउठेपछि अन्य सहभागीले उठाउन खोज्दा उनको प्राण गइसकेको थियो ।
रिंगमा ढलेपछि टिम म्याचका अन्य सहभागीहरुले दुर्इ मिनेटसम्म उनलार्इ उठाउने प्रयास गरेका थिए । मेक्सिकोमै भएको सो रेस्लिङका क्रममा रेस्लर अगुयोको ज्यान गएपछि उनका साथी र रेस्लरहरुसमेत स्तब्ध भएका छन् ।

ad1