मैदीमा १७ बटुकको सामुहिक ब्रतबन्ध

593 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

bartaधादिङ–धादिङको मैदीमा एकै स्थानबाट १७ जना बटुकहरुको सामुहिक ब्रतन्ध गरीएको छ । एकल गर्दा खर्च पनि धेरै हुने भएका कारणले एउटै सामानबाट धेरै बटुहरुको ब्रतवन्ध हुने भएकाले सामुहिक ब्रतबन्ध गरिएको हो । मैदी गाउँ विकास समिति वडा नम्बर ७ चुलीडाँडामा आईतबार सामुहिक ब्रतवन्ध गरीको पुरोहित थानेश्वर अर्यालले जानकारी दिनुभयो । पण्डित गुरुहरु रुद्र प्रसाद भट्ट, धानेश्वर अर्याल, मिनराज अर्याल र राम प्रसाद दुवाडीले १७ जना बालकहरुको साुमहिक रुपमा ब्रतबन्ध गराऊनुभएको हो । एकादशी समुह मैदी ढोलाको आयोजना तथा प्राई लोकेसोर धाम मैदीको सहयोगमा सामुहिक व्रतवन्ध कार्यक्रम सम्पन्न भएको हो ।