नुवाकोटमा बालुवा तस्करको दादागिरी

490 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नुवाकोट–सरकारले खोला बगिरहेको ठाउँबाट गिट्टि र बालुवा निकाल्न रोक लगाएको भएपनि स्थानीय केहि राजनीतिक दलको आडमा दिउँसै त्रिशुली नदीमा तस्करी सुरु भएको छ । स्थानिय प्रशासन समेत मौन वसेकोे अवस्थामा तस्करहरुले त्रिशुली नदिमा हिम पाइप हालि खोलामै डोजर राखेर तस्करी गर्दा कसैको ध्यान गएको दिएको छैन । नुवाकोटको रातमाटे ९ मा संचालित हिमाल एग्रगेटले स्थानियलाई थाहा नै नदिइ तारुका १ स्थित पिमलटार उच्च माविलाइ ३ लाख ७५ हजार दिने सर्तमा करोडौको गिट्टी बालुवा उठाउन खोजेपछि स्थानियले बिरोध गरेका छन् । रातमाटे र तारुका गाविस भएर बग्ने त्रिशुली नदिमा अहिले धमाधम खोलामै हिम पाइप राखेर बालुवा निकाल्ने काम भइरहेको छ । सार्वजनिक सम्पतीमा स्थानियको अधिकार हुन्छ नै । त्यसमा पनि राज्यको नितीभित्र पर्नुपर्छ तर स्थानियलाइ जानकारी नै नगराई करोडौंको गिट्टी बालुवा उठाउन खोजेपछि स्थानियबासिन्दा एग्रोभेटलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराउन पुगेका छन् । जिल्ला प्रशासन कार्यालय पुगेका स्थानियलाई प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले तत्काल मापदण्ड बिपरीतका कार्य गरेका क्रसर उद्योगका काम कारर्वाही बन्द गरिने आश्वासन दिएपनि हालसम्म कुनै पहल नभएको स्थानीयले बताएका छन् । सरोकारवालाहरुका अनुसार तस्करहरुले सिमित नेताहरुलाइ मात्र गोजि भरेर गिट्टी बालुवाको तस्कर गरिरहेका छन् । शक्तिकै आडमा अहिले त्रिशुली नदिको किनारमा दर्जनौ क्रसर  उद्योगहरु मापदण्ड विपरित संञ्चालनमा रहेका छन् । पछिल्लो समय स्थानीयबाट तीब्र विरोध भएपछि रातभर समेत क्रसरर उद्योग संचालन गर्ने गरिएको स्थानिय बद्री अधिकारीले बताए । उनले भने, ‘दिनमा किन सुत्छ र रातमा स्थानियलाइ सुत्नै नसक्नेगरी आवाज निकालेर किन संचालन गरिन्छ ?’ जिल्ला प्रशासन कार्यालयमा डेलिकेसनका लागि आएका अधिकारीले भने । ‘सरकारले नदीबाट गिट्टी बालुवा निकाल्न प्रतिबन्ध लगाएको छ तर प्रशासनको आखाँ छल्न रातमा डोजर चल्छन्’, उनले भने । स्थानीयले लगातार विरोध गर्दै आएपनि तस्करहरुको दादागिरी गर्दै निरन्तर काम गर्दै आएका छन् । आक्रोसित स्थानीयको आइतबार तारुकामा भएको भेलाले तत्काल काम नरोके जिल्ला प्रशासन घेराउ गर्ने चेतावनी दिएको छ । गत विहिबार हिमाल एग्रोगेटका तर्फबाट बद्री रिमाल, दिपक चित्रकार र राकेश अर्याल र स्थानिय बिद्यालयको तर्फबाट ब्यावस्थापन समितिका अध्यक्ष रामहरी न्यौपाने र प्रधानाध्यपक चेतनाथ अधिकारी बिच ३ लाख ७५ हजार बिद्यालयलाइ सहयोग गर्ने र सो बापत उद्योगले एक वर्ष सम्म गिटट्टी बालुवा हिमपाइप हालेरै लैजाने सहमती भएपनि स्थानियलाइ कुनै जानकारी नगराइएको आक्रोसित हुँदै स्थानिय मधु अधिकारीले बताए । अधिकारीले केही ब्याक्तिहरुले पैसाको लोभमा परेर सार्वजनिक सम्पती बेच्दैमा नबेचिने भन्दै त्यसको बिरुद्ध आफु मर्न पनि तयार रहेको बताए । स्थानिय प्रवाभित फडिन्द्र अधिकारीले पनि आफुहरुले नदि बेच्नेहरुको उदेश्य पुरा हुन नदिने बताए । स्थानिय प्रभावित क्षेत्रका करिव २ सय जनाले हस्ताक्षर गरि अवैध गिट्टी बालुवाको निकासी तत्काल रोक्न प्रमुख जिल्ला अकिारी र नुवाकोटका स्थानिय विकास अधिकारीलाइ निवेदन दिएका छन् । यसैबीच स्थानीयले गिठ्टी बालुवाको अवैध निकासी बारे विरोध जनाउँदा ठेकेदारले स्थानीय गुण्डाको परिचालन गरी स्थानीयलाई तर्साउने, अनावश्यक धम्की दिने तथा धम्क्याउने समेत गरेको रातोपाटीमा खवर छ ।