राष्ट्रपति यादव चीन प्रस्थान

1395 पटक पढिएको

सम्पादक: Dhading News

dr  yadavधादिङ–राष्ट्रपति डा रामवरण यादव विहीबार चीन प्रस्थान गर्नु भएको छ । बोआओ एसिया फोरमको वार्षिक सम्मेलनमा सहभागी हुन उहाँ चीन जानु भएको हो । राष्ट्रपति चीन प्रस्थान गनुृअघि राजधानीमा करिब तीन घण्टा ट्राफिक जाम भएको थियो । भ्रमणका क्रममा राष्ट्रपति यादव र चीनका राष्ट्रपति सी जिनपिङबीच चीनको हैनानमा हुने द्विपक्षीय भेटवार्ताका क्रममा विशेष आर्थिक प्याकेजको घोषणा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । चीनले नेपाललाई कोदारी राजमार्गको स्तरोन्नतिलगायत पूर्वाधार निर्माणका लागि १४ अर्ब ३० करोड रुपैयाँ बराबरको आर्थिक प्याकेज दिने भएको हो ।