सिभिक बैकका महाप्रवन्धक वज्राचार्यको म्याद थप

1036 पटक पढिएको

१५ चैत्र २०७१, आईतवार २१:१३ सम्पादक: धादिङ न्यूज

prakash bajryaacharyaaधादिङ– मुक्तिनाथ डेभलपमेण्ट बैक संग विलय हुने अन्तिम तयारीमा रहेको सिभिक डेभलपमेण्ट बैकले अर्को व्यवस्था नभए सम्मका लागि महाप्रवन्धक प्रकाशमान बज्राचार्यको कार्यअवधि थप गरेको छ ।
धादिङ जिल्लामा केन्द्रिय कार्यालय रहेको सिभिक बैकले पोखरामा केन्द्रिय कार्यालय रहेको मुक्तिनाथ बैक संग विलय हुने निर्णय गर्दै दुई बैकका बिच सहमतीपत्रमा हस्ताक्षर भईसकेको छ । सिभिक बैक मुक्तिनाथसंग विलय हुने प्रक्रिया चलिरहेको बेला चार बर्ष देखि सिभिक बैकको महाप्रवन्धक पदमा कार्यरत वज्राचार्यको करार अवधि सकिनै लाग्दा बैक संचालक समितिले दुई बैक विलय नभए सम्मको लागि वज्राचार्यलाई सिभिक बैकको महाप्रवन्धकमा निरन्तरता दिने निर्णय गरेको हो । वज्राचार्यको चार बर्षे अवधि चैत १७ गतेवाट समाप्त हुने भएपछि चैत २ गते बसेको सिभिक डेभलपमेण्ट बैक लिमिटेड संचालक समितिको बैठकले सो निर्णय गरेको बैकका सहायक प्रवन्धक भरत खनालद्धारा चैत १५ गते जारी गरिएको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
अधिकृत पूंजी १० करोड र जारी तथा चुक्ता पूजी ५÷५ करोड रहेको सिभिक बैक निकट भविष्यमै मुक्तीनाथ बैक संग विलय हुने तयारीमा रहेको छ । Civic Bank