सोमवार दिनैभरी धादिङमा चट्याङ,ठाउँ ठाउँमा क्षती

700 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१७ चैत ः सोमवार सांझ परेको चट्याङले लागेर धादिङको विभिन्न स्थानमा क्षती पु¥याएको छ ।
नीलकण्ठ नगरपालिका वडा नं. ४ रिजालथोक र पौवामा चट्याङका कारण २० घर भन्दा बढीमा क्षती पुगेको छ, भने केही स्थानीयहरु घाईते भएका छन ।पौवाका तिलक वानियाँको घरमा परेको चट्याङले सोही घरमा रहेका किरियापुत्रीहरु ४० बर्षका तिलक,३६ बर्षका सानुवाबु र २३ बर्षका सञ्जय वानियाँ घाईते भएका छन भने अन्य १२ जना वेहोस हुन पुगेको स्थानीयले वताएका छन ।
41k_CloudLighteningचट्याङको कारण रिजालथोकमा ६ बटा घरमा विजुलीको मिटर बक्स र विजुलीका तारहरु समेत जलेर नष्ट भएको भएको छ भने सोही ठाउंका कृष्ण बहादुर गुरुङको घरमा एउटा १ बोका समेत घाईते भएको गाउंलेहरुले वताएका छन ।
जिल्लाको उत्तरी भेगको बुढाथुम गाउँ विकास समिति वडा नं. १ घलेगाउँमा चट्याङ पर्दा खोरमा बाँधिराखेको बाख्रा मर्नुका साथै एउटा घर पुरै क्षती भएको छ । सोही क्रममा बुढाथुम गाउँ विकास समिति वडा नं. १ का मानबहादुर घलेको खोरमा बाधिराखेको बाख्रा मरेको छ भने पदमबहादुर घलेको घरमा पनि क्षती पुगेको छ ।
सोमवार दिनैभरी बर्षा संगै पटक पटक मेघ गर्जन सहित चट्याङ परेपछि जिल्ला सदरमुकाम धादिङबेसीमा छिन छिनमा विद्युत्त अवरुद्ध हुन पुगेको थियो । चट्याङले जिल्लाको गजुरी गाविसको वडा नम्बर ९ त्रिरासी गाउंको ३ घरमा पनि क्षती पु¥याएको छ । चट्याङ लागेर त्रिरासी गाउंका शेरवहादुर थिङ,सञ्जवहादुर थिङ र जयगोपाल रुम्वाको घरमा रहेको विजुलीको मिटर वक्समा क्षती पु¥याएको वताईएको छ ।