चैनपुरमा १ करोड २ लाख बराबरको लागतमा खानेपानीको निमार्ण हुँदै

523 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बाबुराम श्रेष्ठ

धादिङ चैत्र १७ गते- विकास निमार्ण कार्यमा राजनीतिक दलहरुले दलिय हिसावले राजनीतिक गर्न नहुने धादिङ क्षेत्र नं २ का सभासद गुरु बुर्लाकोटीले बताउनु भएको छ ।

10559873_1108597712499475_6125063560270052928_nग्रामीण खानेपाानी तथा सरसफाई कोष विकास समिति फण्डको सहयोगमा फोकस नेपाल धादिङ र एफ पि एफ नेपालद्धारा सञ्चालित धादिङको चैनपुर गाविस वडा नं ४ मा खानेपानी तथा सरसफाई विकास आयोजनाको सिल्यान्यास कार्यक्रममा बोल्नु हुँदै बुर्लाकोटीले सो कुरा बताउनु भएको हो ।

यसै गरी उक्त खानेपानीको निमार्ण कार्य समयमै पुरा गर्न सिङगो चैनपुर गाविसका स्थानीय बासिन्दाहरु सक्रिय रुपमा लाग्नु पर्ने उहाँको भनाई रहेको छ । चिसो खोला दोवानबाट १९ सय ५० मिटरबाट पाईप गाँडेर ल्याइएको खानेपानीबाट चैनपुर गाविसका २, ३ र ४ का १ सय ६१ घर घुरी खानेपानीबाट लाभाविन्त हुने भएका छन् । उक्त परियोजना निमार्णको लागि आवश्यक सिमेन्ट, बालुवा, धाराको टुटी, पाईप, मजदुरीहरुको ज्याला सहित १ करोड २ लाख ७ हजार ८५ बराबरको लागतमा उक्त खानेपानीको निमार्ण गर्न लागेको हो । फण्ड बोर्ड नेपालका तर्फबाट ३६ लाख ६२ लाख ७ सय ८, स्थानिय उपभोक्ता १० लाख २५ हजार, नेपाल सरकार विद्युत प्राधिकरण बाट ३० लाख, जिल्ला विकास समिति धादिङबाट ६ लाख र उपभोक्ताबाट श्रमदान १८ लाख ३३ हजार ७७ रुपैंया गरी कुल १ करोड २ लाख ७ हजार ८५ रुपैंया लागतमा आयोजनाको कार्य हुन लागेको चैनपुर खानेपानी तथा सरसफाई समितिका अध्यक्ष चन्द्र प्रसाद छत्कुली बताउनुभयो । फण्ड बोर्डका अध्यक्ष भूमि देवकोटाको अध्यक्षता रहेको कार्यक्रममा नेकपा एमाले धादिङ क्षेत्र नं २ का सभासद गुरुप्रसाद बुर्लाकोटीको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा फोकस नेपाल धादिङका अध्यक्ष हेमराज छत्कुली, नेकपा एमाले धादिङका केन्द्रिय सदस्य खेम लोहनी लगायत चैनपुर खानेपानी तथा सरसफाई समितिका अध्यक्ष चन्द्रप्रसाद छत्कुली, खानेपानी उपभोक्ताहरुको सहभागिता रहेको थियो ।