सहकारी दिवसको अवसरमा रक्तदान

747 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ–५८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लि. नीलकण्ठ न.पा. ३ धादिङको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
20150331_083515रक्तदान कार्यक्रममा ३६ जना महिला सहित १ सय २९ जनाले रक्तदान गरेका थिए । रक्तदानको उद्घाटन गैरसहकारी संस्था महासंघ धादिङका अध्यक्ष दामोदर अर्यालले रक्तदान गरेर गर्नु भएको थियो । रक्तदान कार्यक्रम समापानमा मानवीय सेवाको कार्यमा सहयोग गर्नुहुने संघ, संस्था, वितिय संस्था, सरकारी कार्यालय, बैंक र संस्थाका सेयर सदस्यहरु एवं बुद्धिजीबी तथा सामाजिकलाई सककारीको तर्फबाट युवा तथा बालबालिका उपसमितिको संयोजक सरस्वती अधिकारी धन्यबाद दिनु भएको थियो ।

20150331_083620 एक्सेस ब्राण्ड प्राप्त जिल्लाको उत्कृष्ट सहकारीको रुपमा परिचित श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिले मानवीय तथा सामाजिक कार्यहरुलाई पनि आफ्नो नियमित कार्यक्रममा समावेश गर्दै आएको छ । सहकारीका अध्यक्ष नवराजशर्मा,सचिव गोन्विन्द प्रसाद पण्डित ,संचालक सदस्यहरु,उपसमितिका सदस्यहरु लगायत शेयर सदस्यहरुको उल्लेख्य सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो । रक्तदानको अवसरमा हर्ट फाउण्डेशनको सहयोगमा ६० बर्ष भन्दा माथिका उमेर समूहका व्यक्तिहरुको निशुल्क रगतमा सुगरको मात्राको परिक्षण समेत गरिएको छ । सहकारीमा जम्मा ५सय ६८ जना महिला सहित १ हजार १एक सय ८४ जना शेयर सदयहरु रहेको र मानवीय सेवाको लागि सहकारीले रक्तदान कार्यक्रम गरेको सहकारीका व्यवस्थापक गोपी प्रसाद रिजालबाट जानकारी दिनुभयो ।