पत्रकार कि प्रहरीका दूत ?

1768 पटक पढिएको

सम्पादक: Dhading News

भानुभक्त आचार्य

‘पत्रकारिता आवाजविहीनको आवाज हो’ भनेर गरिने प्रचार जारी छ । तर, धेरैजसो पत्रकारले यसलाई व्यवहारमा लागू गर्न सकेका छैनन् । राणाकालमा राणाहरूको, पञ्चायतकालमा पञ्चहरूको आवाज उठाउने मिडिया बहुदलीय व्यवस्थामा राजनीतिक दलका नेताकार्यकर्ता को आवाजबाहक बनेको विदितै छ । अझ व्यापारिक प्रतिष्ठानहरूले पनि आआफ्नो गच्छेअनुसार मिडियालाई आफ्नो पक्षमा बोल्न वा नबोल्न लगाएकै छन् । तर, यस आलेखमा नेपालका मिडिया कसरी प्रहरीको मुखपत्र बनिरहेका छन् भन्ने बारेमा चर्चा गरिएको छ ।

5875a9ed7eb9cce1315bc7fa4b698951

पत्रकारले सूचना प्राप्त गर्ने स्रोतमध्ये प्रहरी पनि एक हो । तर, प्रहरी नै सबैभन्दा आधिकारिक र अन्तिम सूचनाको स्रोत भने होइन । नेपालका अधिकांश मिडिया (छापादेखि अनलाइनसम्म) ले प्रहरीले भनेको कुरालाई थपक्कै पत्याएर जस्ताको तस्तै समाचार बनाउँछन् । प्रहरीको स्रोतले दिएको जानकारीलाई समाचार बनाउँदा पत्रकार आचारसंहिता उल्लंघन भएको पत्तो नपाउने रिपोर्टर र सम्पादक धेरै छन् । कतिपय पत्रकार प्रहरीलाई खुसी पार्न उसले दिएको जानकारी जस्ताको तस्तै प्रकाशन गर्दछन् भने कतिपय अज्ञानतावश त्यसो गरिरहेका छन् । यहाँ केही प्रतिनिधि घटनाका बारेमा चर्चा गरिएको छ जसले पत्रकारहरू कसरी प्रहरीका दूत बनिरहेका छन् भन्ने कुरा पुष्टि गर्दछ ।

घटना १ ः जिल्ला प्रहरी कार्यालय चितवनले अवैध यौन क्रियाकलाप गरेको भनी ४९ जना युवायुवतीलाई चितवनका विभिन्न होटलबाट फागुन ९ गते पक्राउ ग¥यो । अवैध यौन क्रियाकलापमा यतिजना पक्राउ भनी पुरुषहरूको नामसहित र महिलाका तस्बिरहरूले अखबारका पानाहरू रंगिए । बुझ्दै जाँदा अवैध यौनक्रियामा संलग्न भनी समातिएकामध्ये धेरैजना श्रीमान् श्रीमती रहेछन् । प्रहरीले हचुवाका भरमा आफ्ना ग्राहकलाई पक्राउ गरेको भनी होटलवालाहरूले विभिन्न विरोधका कार्यक्रम नै सञ्चालन गरे । धन्न, कुरै नबुझी हाम्रो बेइज्जती किन ग¥यौ भनी पत्रकारलाई कसैले प्रश्न गरेन ।

घटना २ ः गत फागुन १० गते काठमाडौंमा ट्युसन पढ्न गएका दुई किशोरीमाथि एसिड प्रहार गर्ने युवक भनी जीवन विकलाई प्रहरीले चैत ६ गते सार्वजनिक ग¥यो । निज अभियुक्तले दिएको बयान भन्दै प्रहरीले प्रेम असफल भएपछि प्रतिशोध लिन एसिड प्रहार भएको निष्कर्ष निकाल्यो । सञ्चारमाध्यमले प्रहरीको भनाइलाई महŒवका साथ समाचारका रूपमा प्रकाशन÷प्रसारण गरे । यो समाचार आएको भोलिपल्ट पीडित संगीता मगरका आमाबुबाले अभियुक्त जीवन र संगीताबीच प्रेम भएको कुरा झुटो भनी प्रहरीले दिएको सूचनाको प्रतिवाद गरे । उनीहरूले अझ आफ्नो परिवारको प्रतिष्ठा र गोपनीयताबारे अनर्गल प्रचार भएको भनी मिडियाप्रतिसमेत चित्त दुखाए ।

घटना ३ ः गत फागुन २८ गते काठमाडौं कपनस्थित ‘ओम काभ्रेली घडी तथा मोबाइल पसल’ चोरी गरेको अभियोगमा पाँचजना बालबालिकाको समूहलाई बौद्ध प्रहरीले पक्राउ गरी सार्वजनिक ग¥यो । बाह्रदेखि १५ वर्ष उमेरका ती बालबालिकाको समाचार उनीहरूको नाम, ठेगानासहित पत्रपत्रिकामा छापियो भने टेलिभिजनहरूले प्राइमटाइम समाचारका रूपमा भिडियो रिपोर्ट नै बजाए । आपराधिक कार्यमा संलग्न भएका बालबालिकाको परिचय गोप्य राखेर समाचार प्रस्तुत गर्नुपर्ने सञ्चारमाध्यमको न्यूनतम मान्यतालाई पत्रकारले बर्खिलाप गरे ।

घटना विश्लेषण

प्रहरी आधिकारिक सूचनाको स्रोत हो तर प्रहरीले दिएका सबै सूचनाहरू सत्य हुन्छन् भन्ने छैन । तसथर्, उनीहरूले दिएका सूचनासमेत पत्रकारले राम्ररी जाँचबुझ गरेर मात्रै प्रकाशन÷प्रसारण गर्नुपर्दछ । कतिपय घटनामा चारैतिरबाट आउने दबाब झेल्न प्रहरीले कुनै अमुक व्यक्तिलाई संदिग्ध व्यक्ति भनी मिडियासामु उपस्थित गराउने गर्दछ । त्यस्ता व्यक्तिलाई दुईचार दिनपछि सोधपुछ गरेको बहाना गरी सुटुक्क छाडिन्छ । उदाहरणका लागि गोर्खा फुजेलका नन्दप्रसाद अघिकारीको अनशन तोडाउन प्रहरीले शंकास्पद भनी विभिन्न व्यक्तिलाई पक्राउ गर्ने र छाड्ने काम ग¥यो । यो प्रहरीको रणनीति थियो कि राजनीतिक दबाब भनी नेपाली मिडियाले खासै विश्लेषण वा फलोअप गरेको देखिँदैन ।

अझ विभिन्न घटनाका अभियुक्त (संदिग्ध व्यक्ति मात्रै भनौं) लाई प्रहरीले बलात्कारी, चोर, इत्यादि लेखेका प्लेकार्ड बोकाएर पत्रकारसम्मेलनमा उपस्थित गराउने गर्दछ । प्रहरीले सार्वजनिक गरेका व्यक्तिहरू अभियुक्त मात्रै हुन् अपराधी होइनन् । उनीहरू निर्दोष हुन पनि सक्छन् । अपराधी करार नभएसम्म निर्दोषसरह व्यवहार गर्नुपर्ने कानुनमा उल्लेख छ । तर, प्रहरीले आफ्नो पौरख देखाउन अभियुक्तलाई अपराधीसरह प्रस्तुत गर्दछ, अनि मिडियाले त्यसलाई

‘ब्रान्डिङ’ गरिदिन्छन् । पत्रपत्रिकामा प्रहरीले भनेको फलानो नै दोषी हो भन्ने आशयका समाचार, विचार, कार्यक्रम सार्वजनिक भएपछि कालान्तरमा निर्दोष प्रमाणित भए पनि ती व्यक्ति सार्वजनिक जीवनबाट गुमनाम हुनुपर्ने, डिप्रेसनको सिकार हुने वा आत्महत्या गर्नुसमेत पछि नपर्ने अवस्था आउँछ । पत्रपत्रिकामा छापिएका समाचारको कटिङ बोकेर प्रहरी अदालतमा मुद्दा दायर गर्न जान्छ । कतै पत्रकारहरू प्रहरीको दाबीलाई प्रमाणित गर्ने सहयोगी मात्रै बनिरहेका त छैनन्, सोच्न ढिलो भइसकेको छ ।

छिमेकी भारतमा जघन्य अपराधका अभियुक्तहरूलाई समेत कालो मखुन्डो लगाइदिएर पत्रकारसामु उभ्याउने गरिन्छ ताकि कदाचित् अभियुक्त भनिएको व्यक्ति निर्दोष साबित भएमा त्यसले दोहोरो पीडा भोग्न नपरोस् । हाम्रोमा भने प्रहरीले संदिग्ध व्यक्तिलाई जे आरोप लगायो, पत्रकारले त्यही दृष्टिकोणबाट समाचार प्रस्तुत गर्ने चलन छ । केही वर्षअघि सामूहिक बलात्कारको आरोप लागेका तीनजना व्यक्तिलाई सार्वजनिक गर्न प्रहरीले पत्रकारसम्मेलनको आयोजना गरेको थियो । त्यहाँ सबैजना अभियुक्त मुन्टो निहुराएर उभिएका थिए । एकजना टेलिभिजन पत्रकारले ‘ओइ बलात्कारी टाउको ठाडो पार्, तँलाई बलात्कार गर्दाचाहिँ लाज लागेन ?’ भनी सोधेका थिए । दुर्भाग्यवश, उनको यो प्रश्न टेलिभिजन कार्यक्रममा समेत प्रसारण भएको थियो । हामीकहाँ धेरै पत्रकारहरू अभियुक्त वा संदिग्ध व्यक्तिलाई हतारहतार त्यस किसिमको आरोप लगाउन अघि सर्छन् । कुनै समाचार संस्थाले दिएको परिचयपत्र भिरेर मात्रै पत्रकार हुने होइन, पत्रकारलाई आवश्यक पर्ने ज्ञान, सीप र परिपक्वता अझ महŒवपूर्ण छ ।

पत्रकारहरू हल्कारा मात्रै होइनन् । तर, प्रहरीले दिएको सूचनाका आधारमा समाचार बनाउँदा धेरैजसो पत्रकार मात्र ‘हल्कारा’ साबित हुने गरेका छन् । हल्काराले चिठीपत्र यताउता ल्याउनेलैजाने गर्ने मात्रै गर्दछ, चिठीभित्रको विषयवस्तुमा उसको कुनै भूमिका हुँदैन । काठमाडांैमा एसिड प्रहारसम्बन्धी घटनामा प्रहरीले दिएको सूचना ल्याएर पत्रकारहरूले एक दिनको जागिर टारे । दोस्रो दिन संगीताका आमाबाबुको प्रतिवादलाई समाचार बनाए, अर्को दिन ट¥यो । अभियुक्त जीवन विक बेहोस भएको बहानामा मुसुक्क हाँसेको फोटो छापेर धेरैजसो पत्रकारहरूले आफ्नो कर्तव्य सकिएको ठाने । अभियुक्त र पीडित दुवै काठमाडौंमै थिए । प्रहरीको पत्रकार सम्मेलनलगत्तै काठमाडौंका पत्रकारले तुरुन्तै घटनाकी पीडित संगीता वा उनको परिवारलाई भेट्न तथा उनीहरूको धारणा बुझ्न सक्थे, त्यस मामिलामा पत्रकारहरू चुके । समाचार भनेको टेलिशृंखलाजस्तो खटाईखटाई दिने कुरा होइन, सकेसम्म सूचनाका धेरै पक्षहरू एकसाथ आउनुपर्दछ ।

अझ पत्रकार आचारसंहिताको कुरा त भन्नै परेन । आपराधिक कार्यमा संलग्न बालबालिकाको बारेमा समाचार प्रकाशन÷प्रसारण गर्दा उनीहरूको गोपनीयता कायम राख्नुपर्दछ भन्ने आधारभूत मान्यतालाई समाचार खोज्ने रिपोर्टरले नै बुझ्नुपर्ने हो । रिपोर्टरले थाहा नपाएको भए सम्पादकीय समूहले जान्नुपर्ने हो । तर, त्यस्तो समाचारलाई वरिष्ठ भइखाएका सम्पादकहरूले समेत मतलव गरेनन् । यो उनीहरूको हेलचेक्र्याइँ हो वा अज्ञानता ? प्रेस काउन्सिलजस्ता नियामक निकायहरूले त्यसको छानबिन गर्नुपर्दछ । अज्ञानता भएकामा पद घटुवा एवं दक्षता अभिवृद्धि गर्नुपर्दछ भने हेलचेक्र्याइँ ठहरिए सर्वसाधारणले समेत थाहा पाउने गरी कारबाही गर्नुपर्दछ ।

कुनै पनि पत्रकारसम्मेलन आफैँमा समाचार होइन त्यो त समाचारको सुरुआत हो । तर, हाम्रो मिडियाले प्रहरीको पत्रकार सम्मेलनलाई कभरेज गरेपछि समाचारको सिलसिलालाई टुंग्याउँछन् । प्रहरीले सूचना दियो, तपाईं पत्रकारले चाहिँ के गर्नु भो ? प्रहरीले दिएको सूचना कार्यालयसम्म ल्याउन पत्रकारिता पढिरहनुपर्दैन । प्राप्त सूचनालाई पर्गेल्न, त्यसका विभिन्न पक्षका बारेमा बुझ्न र सही ढंगले विश्लेषण गर्न पत्रकार चाहिने हो । त्यसैले, कसैको दूत मात्रै बन्ने कि पत्रकार, आफैँ निर्णय गर्नुहोस् ।

प्रहरीले आफ्नो पौरख देखाउन अभियुक्तलाई अपराधीसरह प्रस्तुत गर्छ अनि मिडियाले त्यसलाई ‘ब्रान्डिº’ गरिदिन्छ । पत्रपत्रिकामा छापिएका समाचारको कटिº बोकेर प्रहरी अदालतमा मुद्दा दायर गर्न जान्छ । कतै पत्रकारहरु प्रहरीको दाबीलाई प्रमाणित गर्ने सहयोगी मात्रै बनिरहेका तछैनन्? सोच्न ढिलो भइसकेको छ ।

(क्यानाडाको ओटावा विश्वविद्यालयमा अध्ययनरत आचार्य ‘पत्रकार आचारसंहिता र जवाफदेहिता’ विषयका शोधार्थी हुन् ।)