पेट्रोलियम पदार्थको मूल्य एक रुपैया घट्यो

626 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

download (1)काठमाडौँ– नेपाल आयल निगमले विहीवार राती देखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा कमी आएपछि पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा समायोजन गरिएको हो ।

निगमले समायोजन गरेको मूल्यअनुसार पेट्रोलको बजार मूल्य रु १०९, मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर रु ८६.५० कायम हुने निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो ।

निगमले गत असोज १३ गतेदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरी मूल्य समायोजन गर्दै आएको छ ।