सुवास निरौला सहित २३ जना विरुद्ध मुद्दा

669 पटक पढिएको

सम्पादक: Dhading News

download (1)काठमाण्डौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल पर्यटन बोर्डका तत्कालीन कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुवास निरौलासहित २३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । झन्डै ६९ करोड रुपैँयाभन्दा बढि भ्रष्टाचार गरेको दाबी अख्तियारले गरेको छ । आयोगले सार्वजनिक खरिद ऐन मिचेर बोर्डको ढुकुटीबाट निरौलाले मात्र ३३ करोड रुपैँया र अन्य पदाधिकारी, कर्मचारी र तत्कालीन सचिवले गरी ४२ करोड रुपैँया भ्रष्टाचार गरेको दावीसहित शुक्रवार  विशेष अदालतमा मुद्दा दायर गरेको हो । तत्कालीन कामु कार्यकारी अधिकृत निरौला, पर्यटन बोर्डका कर्पाेरेट महाशाखाका निमित्त निर्देशक अनिलकुमार दास र हिक्मत सिंह ऐर विरूद्द अख्तियारले मुद्दा दायर गरेको हो । पर्यटन बोर्डका पुर्व कार्यकारी अधिकृत प्रचन्डमान श्रेष्ठ, वहालावाल सचिव नेपाल कानुन आयोगका रंजनकृष्ण अर्याल, वन मन्त्रालयका शरदचन्द्र पौडेलविरुद्ध पनि मुद्दा दायर भएको छ । पर्यटन बोर्डका निमित्त कार्यकारी अधिकृत नन्दनीलाहे थापा, नागरिक उड्डायन प्राधिकरणाका महानिर्देशक रतिशचन्द्रलाल सुमन, पर्यटन बोर्डका प्रवन्धक लक्ष्मण गौतम, आदित्य बराल, लालबाबु बानियाँ, दिवाकर राणा, मेघबहादुर पान्डे, टीकाराम सापकोटा, पम्फादेवी धमलाविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको हो । अर्थ मन्त्रालयका सहसचिव डिल्लीप्रसाद शिवाकोटी, पूर्वसचिव सुशील घिमिरे, रेवतबहादुर थापा लगायतविरुद्ध आज मुद्दा दायर भएको अख्तियारले जनाएको छ । विशेष अदालतका रजिस्टार नातिबाबु लामिछानेले २३ जना मुख्य अभियुक्त र ५२ जना विरूद्द साक्षीका रूपमा मुद्दा दायर भएको जानकारी दिनुभयो ।