धादिङबेसीमा आँखा शिविर सम्पन्न

833 पटक पढिएको

२२ चैत्र २०७१, आईतवार ११:४३ सम्पादक: धादिङ न्यूज

धादिङ,२२ चैत – तिलगंगा आंखा अस्पतालको सहयोगमा धादिङ सामुदायिक आंखा केन्द्रले धादिङबेसीमा आँखा शिविर सम्पन्न गरेको छ ।
Eye camp dhading 35341धादिङबेसी स्थित आँखा उपचार केन्द्रमा चैत २० र २१ को आयोजना गरिएको शिविरमा तिलंगगा अस्पतालका डाक्टर प्रतिभा लामा जोशीको नेत्तृत्वमा रहेको बिशेषज्ञ चिकिस्तक टोलीले ५२ जनाकोे मोतियाविन्दुको अप्रेशन गरेको थियो । शिविरमा एक जनाको भने टेरिजमको अप्रेशन गरिएको धादिङ सामुदायिक आंखा केन्द्रका इन्चार्ज रामसिंह तामाङले जानकारी दिनु भयो ।
आर्थिक अभावका कारण राजधानी तथा अन्य शहरमा रहेका अस्पताल सम्म पुगेर आंखाको उपचार गराउनबाट बञ्चित रहंदै आएका विरामीहरुको हितलाई ध्यानमा राखी आंखा केन्द्रले तिलगंगा संग सहकार्य गरी जिल्लामा अप्रेशन शिविर संचालन गर्दै आईरहेको छ ।

Eye camp dhading 35345आंखाको अप्रेशन पछि धादिङ सामुदायिक आंखा उपचार केन्द्रमा आराम गर्दै गरेका विरामीहरु
तस्बिरहरु /केशव अधिकारी