नापतौल सामग्री परीक्षण नहँुदा ठगिँदै उपभोक्ता

772 पटक पढिएको

सम्पादक: Dhading News

naptaulaधादिङ–सडक तथा अन्य सार्वजनिक स्थलमा तरकारी, फलफुल लपगायतका सामान विक्री गर्ने व्यवसायीले चलन गरेका नापतौल सामग्रीको नियमित परीक्षण हुन नसक्दा उपभोक्ता ठगीने गरेका छन् । धादिङबेसी लगायत आसपासका राजमार्ग छेउमा राखीएको नापतौल सामग्री बार्षिक रुपमा परिक्षण नहँदा उपभोक्ता ठगीएका हुन् । सडक व्यापारीका नापतौल सामग्रीको परीक्षण गुणस्तर तथा नापतौल विभागबाट नियमति रुपमा हुन नसक्दा त्यसको असर उपभोक्तामा परेको छ । बजारका व्यापारीमा पनि कतिपयलाई तराजु बार्षिक परीक्षण गराउनुपर्छ भन्ने जानकारी पनि नभएको पाईएको छ । उनीहरुलाई निरन्तर प्रयोग गरिएको ढक तराजु नपातैल विभागबाट परीक्षण गराउँदा आफ्नो व्यावसायिक विश्वसनीयता समते बढ्छ भन्ने जानकारी नै छैन । बजामरा किनेको एक किलो स्याउ घर पुपगेर तौलिदा ९ सय ग्राम मात्र रहेको नबराज श्रेष्ठले बताउनु भयो । उपभोक्ताको गुनासो सुन्दा उनीहरु फुटपाथका ठेला र साईकलमा राखेर फलफुल बेच्नेबाट प्राय ठगीने गरेका छन् । फलफुल खरिदमा ठग्छन भन्ने त सुनेको थिए तर के गर्नु उतिखेर राम्रैसँग तौलिएका थिए पछि तौलिँदा तौल कम छ किरान्चोकका होम बहादुर अधिकारीले गुनासो गर्नुभयो । अहिले बजारमा ईलोक्ट्रोनिक नाप तौल आएपनी ढक तराजुको चलन भने हटेको छैन । धेरै पहिलेका ढक तराजु प्रयोग गदौ कत्तिमा टुटफुट रहेको कारण सहि तौल दिने गरेको छैन । बजार अनुगमनको जिम्मा पाएको निकायले भने अहिले सम्म कुनै चासो देखाएको छैन । मौसमी रुपमा गरीने अनुगमनले खासै फरक नपर्ने उपभोक्ताहरुको भनाई रहेको छ । तर फुटपाथमा व्यापार गर्ने व्यापारी भने आफुहरुले त्यसरी ठग्ने नगरेको दावी गर्छन ।