दिवङ्गत एमाले नेता ढकालको दाहसंस्कार

476 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ, २३ चैत । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवम् लुम्बिनी अञ्चल प्रमुख स्वर्गीय रामनाथ ढकालको सोमवार    पशुपति आर्यघाटमा धार्मिक विधिअनुसार दाहसंस्कार गरियो ।

images (1)स्व ढकाललाई उहाँका सुपुत्र सन्दीप ढकालले दागबत्ती दिनुभएको थियो भने उहाँको पार्थिव शरीरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झन्डा ओढाई श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । साथै पार्टीका उपाध्यक्ष, उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले राष्ट्रिय झन्डा ओढाएर दिवङ्गत नेताप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

आर्यघाटमा ढकाललाई श्रद्धाञ्जलि अर्पण गर्न पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, सभामुख सुवास नेम्वाङ, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी, सभासद्हरू बालकृष्ण खाँण, गगन थापा, रामहरि खतिवडा, नेकपा (एमाले)का नेता तथा कार्यकर्ताको ठूलो सङ्ख्यामा आर्यघाटमा उपस्थिति थियो ।

पूर्व सांसद एवम् व्यवस्थापिका–संसद्अन्तर्गतको राज्य व्यवस्था समितिका सभापतिसमेत रहनुभएका ढकालको उपचारको क्रममा आइतबार राजधानीमा निधन भएको थियो ।