खसीलाई तीन महिने अस्थाई साधन संगिनी सुई

1224 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं, २४ चैत । सुन्दै पनि अचम्म लाग्न सक्छ, परिवार नियोजनको अस्थायी साधन संगिनी सुई खसीलाई पनि लगाइन्छ भन्दा ।

बच्चाको जन्मान्तर कम गर्नका लागि महिलामा लगाइने यो सुई सिन्धुपाल्चोकका किसानहरुले भने खसीलाई नै लगाइदिने गरेका छन् ।

तीन महिने संगिनी सुईले हर्मोनमा वृद्धि भई छिट्टै मोटो हुने भएपछि किसानहरुले यस्तो सुईको प्रयोग गर्न थालेको खुलासा भएको राजधानी दैनिकले छापेको छ ।

‘संगिनी सुई लगाएका महिलाहरु मोटो हुने गर्छन् । खसीलाई पनि सुई लगाएपछि हर्मोनमा वृद्धि भएर छिट्टै मोटो हुने भएकाले सुई लगाएको देखियो,’ जिल्ला कृषि विकास कार्यालयका एक कर्मचारीले बताए ।

संगिनी सुई लगाएको खसी मोटो हुने र त्यसबाट राम्रो फाइदा हुने भएपछि किसानले यसको प्रयोग व्यापक रुपमा गर्ने गरेका छन् । मेडिकलबाट किसानले सुई लगेर आफैंले लगाउने गरेका छन् ।