निमावि र माविको शिक्षकको दरर्खास्त दिन चाहिने योग्यता के हो ? 

586 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ–शिक्षक सेवा आयोग खुलेसंगै फारम भर्ने तरिका र योग्यता के हुने होला ? भन्ने धेरैलाई चिन्ता छ । यसअघि पनि प्रतिष्पर्धा गरेकालाई त खासै समस्या नहोला । पहिलो पटक सहभागि हुनेहरुलाई थाहा नहुन सक्छ ।

आयोगले तोकेको आवश्यक न्यूनतम शैक्षिक योग्यता र तालिम के चाहिन्छ अन्यौल छ । आयोगले  अंग्रेजी, गणित, विज्ञान, लेखा, सिभिल इञ्जिनियरिङ्ग, इलेक्ट्रिकल इञ्जिनियरिङ्ग, बाली विज्ञान वा पशुपालन, कम्प्यूटर विषयमा स्नातक तह उत्तीर्ण गरेको व्यक्तिले स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरेको भए तालिम नभएपनि उम्मेदवार बन्न सक्ने व्यवस्था गरेको छ ।

सहयोगी लेखक माग गर्ने उम्मेदवारले लिखित परीक्षा शुरु हुनुभन्दा कम्तिमा सात दिन अगावै सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा आफनो  प्रमाण साथ निवेदन दिनुपर्ने हुन्छ । त्यस्तै समावेशी पदमा समेत उम्मेदवार बन्ने व्यक्तिहरुले दरखास्त फारामको पहिलो पेजमा उल्लेख भएका विभिन्न समूहमध्ये कुन कुन समूहमा उम्मेदवार बन्ने हो सो कुरा स्पष्ट रुपमा खुलाउनु पर्ने हुन्छ । स्थायी कार्यरत शिक्षकको हकमा उमेरको हद राखिएको छैन । पूर्ण विवरण :

 

(क) माध्यमिक तहका लागि

१. सम्बन्धित विषयमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तिमा दश महीने तालिम प्राप्त गरेको ।

 २. सामाजिक अध्ययन विषयको हकमा स्नातक तह वा सो सरह उत्तीर्ण गरी शिक्षा विषयमा कम्तिमा दश महीने तालिम प्राप्त गरेको ।

 ३. स्वास्थ्य जनसंख्या तथा बातावरण विषयमा उम्मेदवार बन्न स्वास्थ्य वा स्वास्थ्य र शारीरिक वा जनसंख्या विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण गरी शिक्षा विषयमा कम्तिमा १० महीने तालिम प्राप्त गरेको ।

 ४. कुनै व्यक्तिले शिक्षा शास्त्रसङ्कायतर्फ स्नातक तह उत्तीर्ण गरेको भए यस प्रयोजनको लागि तालिम प्राप्त गरेको मानिनेछ ।

 ५. अन्य संकायबाट स्नातक तह पूरा गरी एकवर्षे बि.एड. गरेको व्यक्तिले शुरुमा स्नातक गरेको वा एकवर्षे बि.एड. गरेको मध्ये आपूmले रोजेको कुनै एक विषयमा उम्मेदवार बन्न सक्नेछ ।

 ६. अंग्रेजी, गणित, विज्ञान, लेखा, सिभिल इञ्जिनियरिङ्ग, इलेक्ट्रिकल इञ्जिनियरिङ्ग, बाली विज्ञान वा पशुपालन, कम्प्यूटर विषयमा स्नातक तह उत्तीर्ण गरेको व्यक्तिले स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरेको भए तालिम नभएपनि उम्मेदवार बन्न सक्नेछ ।

 (ख) निम्नमाध्यमिक तहका लागि

 १. सम्बन्धित विषयमा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तिमा दश महीने तालिम पूरा गरेको ।

 २. गणित/विज्ञान विषयमा उम्मेदवार हुनका लागि विज्ञान संकाय वा अन्य संकायबाट गणित र विज्ञान दुवै विषयहरुमा प्रमाणपत्र तह वा सो सरहको योग्यता हासिल गरी शिक्षा विषयमा कम्तिमा १० महीने तालिम पूरा गरेको ।

  ३. दुईसय पूर्णाङ्कको शिक्षासम्बन्धी विषय लिई प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको भए तालिम प्राप्त मानिनेछ ।

  ४. सामाजिक अध्ययन विषयका हकमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी शिक्षा विषयमा कम्तिमा दश महीने तालिम प्राप्त गरेको व्यक्ति उम्मेदवार बन्न सक्नेछ ।

 ५. शिक्षा शास्त्र संकायबाट प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको भए तालिम प्राप्त मानिनेछ ।

 द्रष्टब्य

१. दरखास्त फाराम शिक्षक सेवा आयोगको वेबसाइट धधध।तकअ।नयख।लउ बाट डाउनलोड गर्न सकिनेछ । दरखास्त फाराममा आवश्यक विवरण भरी तोकिएका कागजातसहित साधारण फाइलमा उम्मेदवारको नाम, थर, विज्ञापन नं., विषय, तह, खुला र समावेशी भए समावेशीको किसिम लेखी फाइलमा नत्थी गरी बुझाउन सकिने छ वा ब्द्ध साईजको पेपरमा दिइएको साइजमा फरक नपारी फोटोकपि/ कम्प्युटर टाइप गरी बुझाउन सकिने छ । तर हातले उतार गरी लेखेको दरखास्त फारामलाई मान्यता दिइने छैन ।

 २. दरखास्त फाराम साथ पेस गर्नुपर्ने कागजातहरु ड्ड नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

-शैक्षिक योग्यता (ट्रान्स्क्रिप्ट र चारित्रिक प्रमाणपत्र)का प्रतिलिपिहरु

– तालिमका प्रमाणपत्रका प्रतिलिपिहरु

– अध्यापन अनुमतिपत्रको प्रतिलिपि

– समावेशी समूहका उम्मेदवारले समावेशी समूहको हो भनी सम्बन्धित निकायबाट प्रमाणित गरेको प्रमाणपत्रको प्रतिलिपि ।

 ३. लिखित परीक्षामा उत्तीर्ण परीक्षार्थीहरुले अन्तर्वार्ता दिन आउँदा शैक्षिक योग्यता, तालिम र नागरिकताको प्रमाणपत्रको सक्कलै प्रमाणपत्र अनिवार्य रुपमा पेस गर्नुपर्ने छ ।

४. सहयोगी लेखक माग गर्ने उम्मेदवारले लिखित परीक्षा शुरु हुनुभन्दा कम्तिमा सात दिन अगावै सम्बन्धित जि.शि.का.मा सप्रमाण निवेदन दिनुपर्नेछ, अन्यथा सहयोगी उपलव्ध गराइने छैन ।

 ५. समावेशी पदमा समेत उम्मेदवार बन्ने व्यक्तिहरुले दरखास्त फारामको पहिलो पेजमा उल्लेख भएका विभिन्न समूहमध्ये कुन कुन समूहमा उम्मेदवार बन्ने हो सो कुरा स्पष्ट रुपमा खुलाउनु पर्नेछ र सोका लागि आवश्यक पर्ने कागजात अनिवार्य रुपमा पेश गर्नुपर्ने छ । समावेशी समूहको आदिवासी÷जनजाति, मधेशी, दलित समूहमा उम्मेदवार हुने व्यक्तिले कुनै एक पदका लागि भएको विज्ञापनमा कुनै एक समूहको उम्मेदवारका रुपमा मात्र प्रतिस्पर्धा गर्न सकिनेछ ।

 ६. दरखास्त दिने अन्तिम मितिभित्र निर्धारित शैक्षिक योग्यता हासिल गरीसकेको हुनुपर्ने र शैक्षिक योग्यता प्रदान गर्ने निकाय वा विश्वविद्यालयबाट प्राप्त हुने प्रमाणपत्र वा लव्धाङ्क विवरण (ट्रान्स्क्रिप्ट) र चारित्रिक प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रुपमा पेश गर्नुपर्ने छ ।

 ७. दोब्वर दस्तुरको म्यादलाई शैक्षिक योग्यता र तालिम प्राप्त गर्ने अवधिको प्रयोजनका लागि गणना गरिने छैन । कुनै पनि दरखास्त फाराम सर्त राखी स्वीकृत गरिने छैन ।

८. कुनै उम्मेदवारले झुट्टा विवरण/कागजात पेस गरेको कुरा पछि थाहा हुन आएमा त्यस्ता उम्मेदवारको दरखास्त स्वीकृत भइसकेको भए पनि जुनसुकै बखत रद्द गरी कानुनबमोजिम कारवाही गरिनेछ ।

 ९. विज्ञापन भएको १५ दिनभित्र शिक्षा विभागबाट विज्ञापित विषय र पद संख्यामा थप गर्न माग भइ आएमा सो समेत समावेश गरिनेछ ।

 १०. उल्लेखित परीक्षाहरुको पाठ्यक्रम आयोगको वेबसाईट www.tsc.gov.np  बाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ ।

 ११. समावेशीतर्पmका उम्मेदवारहरुले पेश गर्नुपर्ने थप कागजातहरु

 (क) आदिवासी/जनजातिको सम्बन्धमा नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ मा सूचीकृत भएको जातिको हकमा सोही सूचीको आधारमा र सोही सूचीमा सुचीकृत भएको  एडुखबर जातिभित्र एक भन्दा बढी थरहरु भएमा सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिशमा प्रमुख जिल्ला अधिकारीबाट त्यसरी सूचीकृत भएको जातिभित्रको थर हो भनी प्रमाणित भएको कागजात ।

 (ख) तराई मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी/जनजाति, दलित, पिछडा वर्ग वा अल्पसङ्ख्यक मुसलमान समुदायका सम्बन्धमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेबमोजिमको संस्थाबाट तराई मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी/जनजाति, दलित, पिछडा वर्ग वा अल्पसङ्ख्यक मुसलमान समुदाय भनी प्रमाणित भएको कागजात र त्यसरी नतोकिएको भएमा सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिशमा प्रमुख जिल्ला अधिकारीबाट तराई मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी/जनजाति, दलित, पिछडा वर्ग वा अल्पसङ्ख्यक मुसलमान समुदाय भनी प्रमाणित गरेको कागजात ।

 (ग) दलितका सम्बन्धमा राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जातिको हकमा सोही सूचीको आधारमा र सो आयोगबाट सूचीकृत भएको जातिभित्र एकभन्दा बढी थरहरु भएमा सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिशमा प्रमुख जिल्ला अधिकारीबाट त्यसरी सूचीकृत भएको जातिभित्रको थर भनी प्रमाणित भएको कागजात ।

(ग) अपाङ्गताका हकमा स्वीकृत चिकित्सकको सिफारिशमा समाजकल्याण परिषदबाट अपाङ्गता प्रमाणित भएको कागजात ।

 (घ) पिछडिएको क्षेत्रका सम्बन्धमा अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लामा स्थायी बसोबास उल्लेख गरी उक्त जिल्लाहरुबाट प्राप्त गरिएको नागरिकताको प्रमाणपत्र तथा सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाबाट दरखास्त दिँदाका बखतसम्म सोही स्थानमा स्थायी बसोबास भएको भनी प्रमाणित गरेको कागजात ।

 १२. उम्मेदवार यस सूचनामा उल्लेख भएका कुराहरुको अतिरिक्त शिक्षक सेवा आयोग नियमावलीको नियम १० बमोजिम अयोग्य नभएको हुनुपर्ने छ ।

 १३. दरखास्त फारामसाथ पेस गरिएका प्रमाणपत्रका प्रतिलिपीहरु उम्मेदवार स्वयमले प्रमाणपत्रको पछाडिपट्टि सक्कलबमोजिम नक्कल ठिक छ भनी प्रमाणित गरेको हुनुपर्नेछ ।

 १४. स्थायी कार्यरत शिक्षकको हकमा उमेरको हद लाग्ने छैन ।