राष्ट्रपति पौडेलले जारी गरे ४ अध्यादेश
372 पटक पढिएको
काठमाडौं, २९ पुस । राष्ट्रपति रामचन्द्र पौडेल गत पुस २६ गते सरकारले सिफारिस गरेका ४ अध्यादेश जारी गरेका छन् ।
सोमबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम केपी ओली सरकारले सिफारिस गरेका ४ अध्यादेशहरू जारी गरेका हुन् ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको बिज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश– २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश– २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश– २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ जारी गरेका हुन् ।
गत पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ५ अध्यादेश जारी गर्न सिफारिस गरेको थियो, जसमध्ये ४ जारी गरिएको हो ।








Noodlemagazine This is really interesting, You’re a very skilled blogger. I’ve joined your feed and look forward to seeking more of your magnificent post. Also, I’ve shared your site in my social networks!
Technology us Very well presented. Every quote was awesome and thanks for sharing the content. Keep sharing and keep motivating others.
Somebody essentially help to make significantly articles Id state This is the first time I frequented your web page and up to now I surprised with the research you made to make this actual post incredible Fantastic job