जेलभित्रै महिनाको ५ हजार भन्दा बढी पैसा कमाउछन् कैदीहरु

663 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

mudhaधादिङ – काराकार भित्र बन्दि जिवन विताउँदै आएका कैदी बन्दीहरुले विभिन्न साना आय मुलक व्यावसाय सन्चालन गरी आर्थिक उपार्जन गर्दौ आएका छन् । जिल्ला कारागार धादिङका कैदी बन्दीहरुले जिल्ला कारागार भित्रै मुढा बुनेर मासिक ५ हजार देखी ६ हजार सम्म कमाउने गरेका छन् । विभिन अपराधिक क्रियाकलापमा संगग्न गरी जेलमा परेको कैदी बन्दीहरुले कारागार भित्रै बसेर आफ्नो घर खर्च टार्ने गरेका छन् । कारागारमा रहेका कैदी मध्ये ८० जना भन्दा बढीले मुढा बुन्ने गरेका छन् । जिल्ला कारगार धादिङमा मुढा बुनेर १ जनाले मासिक ५ हजार भन्दा बढी पैसा कमाउने गरेका छन् । सामान्यतया १ ओटा मुढा बजारमा विक्री वितरण गर्दा २ सय रुपैयाँ देखी पाँच सय रुपैयाँ सम्म विक्री हुने गरेको छ । उक्त मुढा बुन्नका लागी आवश्यक सामग्रीहरु काठमाण्डौँ तथा देशका अन्य क्षेत्रबाट ल्याउने गरीएको छ । स्थानीय रुपमा सामान पाउन सकिए अझै सस्तोमा खरिद गर्न सकिने कैदीबन्दीहरुले बताएका छन् । जिल्ला कारागारमा निमार्ण भएका मुढाहरु धादिङ लगायत आसपासका जिल्लाका मानिसहरुले आफ्नो कोठा सजाउन र बस्नको लागी लैजाने गरेका छन् । यसमा धेरै जसो मुढाहरु चीनमा निकासी हुने गरेको छ । साथै धादिङ जिल्लामा रहेका सरकारी कार्यलयका कर्मचारीहरुले पनि घर जादा चिनो स्वरुप लैजाने गरेका छन् । बस्नको लागी सजिलो पनि हुने र आकर्षण पनि देखीने हुँदा यसको माग बढ्दै गईरहेको छ । सानो देखी ठुलो आकार सम्ममा पाईने भएकोले पनि यसको माग बढ्दै गईरहेको स्थानीयले बताएका छन् ।