पुकुनका मृतक परिवारलाई किरीया खर्च

700 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

???????????????????????????????धादिङ –विषादी मिसिएको गहुंको पिठोबाट वनाएको रोटी खाएर ज्यान गुमाएका धादिङ पिडा गाविस वडा नम्बर ८ पुकुन गाउंका पिडित परिवारलाई घटना भएको एक महिना पछि सरकारले किरीया खर्च उपलव्ध गराएको छ ।
पुकुनमा गत फागुन २५ गते बिषाक्त गहुंको रोटी खाएका कारण ६ जनाको ज्यान गएको थियो । अकालमा गुमाएका मृतकका परिवारलाई नेपाल सरकारको तर्फवाट धादिङ जिल्ला प्रशासन कार्यालयले किरीया खर्च वापत जनही २५ हजारका दरले किरीया खर्च वापत सो सहयोग उपलव्ध गराएको हो ।
बुधवार धादिङका सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्माले पुकुन गाउंमा गाउंमा पुगेर मृतकका परिवारलाई प्रति मृतक २५ हजारका दरले सहयोग हस्तान्तरण गर्नुभएको हो । पुकुन घटनाको नामवाट चर्चा पाएको उक्त घटनामा परि ६ जनाले ज्यान गुमाएका थिए भने १५ जना गम्भिर घाईते घाईते भएका थिए ।

???????????????????????????????

-तस्बिर सौजन्य : जिल्ला प्रशासन कार्यालय धादिङ