ड्रम्पिङ साईड बन्दै थोप्पल खोला, सम्बन्धीत निकाय भने मौन

915 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

thopalkholaधादिङ–कुनै बेला सदरमुकाम धादिङबेशीको शोभा भएर बगेको थोप्पलखोला केहिबर्षदेखी प्रदुषणको चपेटामा परेको छ । सदरमुकाम धादिङबेशिबाट उत्तरी क्षेत्र जोड्ने सांकोष तिप्लिङ सडक खण्डको मुख्य नाका पुछार बजार बसपार्क क्षेत्रपनि दिनानुदिन प्रदुषण बन्दै गईरहेको छ । अस्तव्यस्त बजार र र बजार क्षेत्रबाट निस्कने फोहोरहरु सिधै खोलामा फाल्दा थोप्पल खोला दिनानुदिन ड्रम्पिङ साईड बनीरहेको छ । फोहोर व्यावस्थापन गर्ने निकाय नगरपालीका र अन्य संघ–संस्थाले कुनै चासो नदेखाउदा यस्तो दुरदर्शा भोग्नुपरेको छ । कुनै बेला थोप्पल खोलाको पानी पिउन योग्य थियो । तर पछिल्लो केहिबर्षयता भने खोलामा पस्न समेत घिन लाग्दो बनेको छ । फोहोर व्यावस्थापनमा सम्बन्धीत निकायले कुनै चासो नदिने हो भने धादिङबेशी छेउ भएर बग्ने खोलाहरु बागमती जस्तो हुने धादिङबेसीका भरत थापाले बताउनु भयो । धादिङबेशीमा रहेका होटल र कोठामा बस्नेहरुले जथाभावी खोलामा फोहोर फाल्ने गरेको कारण यस्तो समस्या आएको हो । नगरपालीकाले फोहोर व्यावस्थापन गर्नको लागी एउटा गाडी सन्चालनमा ल्याएपनी त्यती प्रभावकारी हुन सकेको छैन । भनेको समयमा नगरपालीको गाडी फोहोर उठान नआउदा आफुहरुले खोलामा बाध्य भएर फोहोर फाल्नुपर्ने अवस्था रहेको एक स्थानीयले बताउनु भयो । गर्मि महिना लागेसँग फोहोर कारणले विभिन्न सरुवा रोगको संक्रमण हुने हुँदा फोहोर व्यावस्थापनको लागी सम्बन्धीत निकायले चासो दिन जरुरी देखीन्छ ।