खाल्टेमा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न,

1508 पटक पढिएको

सम्पादक: Dhading News

dhading khelteे,धादिङ–बैदेशिक रोजगारलाई सुरक्षित र भरपर्दो बनाउने उद्देश्य सहित शनिवार धादिङको खाल्टे गाउँ विकास समितिमा एक दिने सुरक्षित आप्रवासन सम्बन्धि अभिमुखीकरण सम्पन्न भएको छ । वैदेशिक रोजगारलाई सुरक्षित र विदेश जानुअधि पु¥याउनुपर्ने विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको हो । चन्द्रज्योती एकिकृत विकास समाज सिड्स धादिङको आयोजना र हेल्भेटास स्विस ईन्टरकोअपरेशन सामि परियोजनाको सहयोगमा कार्यक्रमको आयोजना गरीएको हो । खाल्टे गाउँ विकास समितिका सचिव बीर बहादुर दुवाडीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि, वडा नागरीक मञ्च लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती र सिड्स धादिङका सामि परियोजनाका संयोजक गँगा सुवेदीले विदेश जाँदा ध्यानदिनुपर्ने कुरा, सिप सिकेर जादा हुने फाईदा, आफु जाने देश बारेका भाषा तथा नीति नियम र धादिङबेसीमा रहेको सुचना तथा परामर्श केन्द्रबाट उपलब्ध गराईने सेवाहरुको बारेमा जानकारी गराउनु भएको सिड्स धादिङले जनाएको छ ।