नथुन्ने भन्दै दुई किशोरीमाथि बलात्कार

564 पटक पढिएको

सम्पादक: Dhading News

policeघृणित अपराध हो, पिडा बोध भयो -डीआईजी
काभ्रे । पनौतीको सडकमा हिडिरहेका दुई किशोरीमाथि प्रहरीले बलात्कार गरेको खुलासा भएको छ । सिविन बालिका शान्तीगृहबाट भागेका १५ र १७ बर्षीया किशोरीलाई पनौती बसपार्कको प्रहरी बिट छेउमा प्रहरी हवल्दार शम्भु राउत अहिर र प्रहरी जवान श्रीराम साहले बलत्कार गरेका हुन् ।

काभ्रे प्रहरीले हवल्दार राउत र जवान साहलाई शुक्रबार पक्राउ गरी हिरासतमा राखेको छ । काभ्रे प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी)पूजा सिंहले आइतबार जबरजस्ती करणी मुद्दामा म्याद थप पश्चात अनुसन्धान गरिने बताइन् । गत चैत २५ गते राती प्रहरी साढे १० बजे राति सिविनको शान्ति गृहबाट तीन किशोरी भागेका थिए । उनीहरु भाग्दै पनौती बसपार्क पुगे ।

सडकमा लठ्ठी बोकेर बसेका प्रहरीले तीन किशोरीलाई रोकेर सोधपुछ गर्न थाले । उनीहरुले किशोरीलाई पक्राउ गरेर प्रहरी चौकी लैजाने भन्दै धम्क्याएको स्रोतले बतायो । स्रोतका अनुसार यौनसम्पर्क राख्न दिने भए नपक्रिने भन्दै प्रहरीले ति किशोरीलाई धम्क्याएका थिए ।

बालिकाले जे सुकै गर्नु तर प्रहरी चौकी नलैजानु भनेका थिए एक प्रहरी अधिकारीले भने तीनमध्ये एक जनालाई छाडेर बाँकी दुई जनालाई बलात्कार गरेछन् । भागेकी अर्की किशोरी सडक किनारमा उभ्याइएकी थिईन् । यस्ता सुधार गृहमा आमा बाबु नभएका, असहाया र हिंसामा परेको स्थलबाट उद्धार गरिएका किशोरी र बालिका राखिन्छ ।

काभ्रे प्रहरीका अनुसार उनीहरुले दुई किशोरीलाई बसपार्क छेउको खाली र सुनसान चौरमा लगेर बलात्कार गरेपछि छाडिदिएका थिए । आधारातमा त्यहाँबाट निस्किएका किशोरीहरु काठमाडौं आईपुगे । यता आफ्नो शान्तीगृहबाट हराएका किशोरीहरु सीवीनले खोजी गरिरहेको थियो ।

शुक्रबार बिहान ति किशोरी ठमेलमा फेला परेका थिए । ठमेलबाट उनीहरुलाई सीवीनले लिएर गएको थियो । उनीहरुसंगको सोधपुछका क्रममा भागेकै दिन प्रहरीले बलात्कार गरेको रहस्य खुलेको थियो । सीवीनले महिला बालबालिका सेवा केन्द्र कालिमाटीमा ति किशोरीलाई लिएर गई अनुसन्धानको माग गरेको थियो ।

काभ्रे प्रहरीमा खबर गरेपछि त्यहाँका प्रहरी नायब उपरिक्षक राजकुमार केसीको संयोजनमा छानबीन समिती गठन गरियो । प्रारम्भिक छानबीनबाट प्रहरी दोषी देखिएपछि निलम्बन गरेर कारबाही सुरु गरिएको एसपी सिंहले बताइन् । स्रोतका अुनसार किशोरीहरुले प्रहरी नै हुन् या होईनन् यकिन नगरी हातमा लठ्ठी बोकेका ब्यक्तिले बलात्कार गरेको बताएका थिए ।

क्षेत्रिय प्रहरी कार्यालय हेटौंडाका प्रमुख नायब महानिरीक्षक (डीआईजी० देबेन्द्र सुवेदीले दुई जना प्रहरीले अत्यन्तै निन्दनिय अपराध गरेको बताए । ुअत्यन्तै लज्जास्पद घृणित अपराध हो, रक्षक नै भक्षक भएकोमा पिडा बोध भएको छु उनले भने ुदोषीलाई कडा कारबाही गरी यस्ता घटना दोहोरीन नदिन कोसिस गर्नेछौं । कान्तिपुरमा समाचार छ ।

उनले आरोपीद्धयलाई जबरजस्ती करणीका साथै प्रहरी सेवा ऐन अनुसार समेत कारबाही गरिने बताए । पर्सा घर भएका हवल्दार २०५४ सालमा प्रहरीमा भर्ना भएका थिए । रौतहट घर भएका साह २०६४ मा प्रहरीमा भर्ना भएका थिए । मुलुकी ऐन जबरजस्ती करणीको महल अनुसार १४ बर्षदेखि माथी १६ बर्षभन्दा कम उमेरका किशोरीलाई बलत्कार गरेमा ६ बर्ष देखी १० बर्षसम्मको कैद सजाय तोकिएको छ । १६ बर्षभन्दा माथी २० भन्दा कम उमेरकी युवतीलाई बलत्कार गरे ५ बर्षदेखी ८ बर्षसम्म कैद सजाय तोकिएको छ । स्रोतः न्युज अभियान