महिलाको नामबाट नागरिकता लिन अझै समस्या

714 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

keshab 3धादिङ-नागरिकतामा महिलाको अधिकार विषयक अन्तरक्रिया महिलाको नामबाट नागरिकता लिन अझै समस्या रहेको धादिङवेसीमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । सञ्चारिका समुह नेपालले सदरमुकाम धादिङवेसीमा आयोजना गरेको नागरिकतामा महिलाको अधिकारका विषयमा गरेको अन्तरक्रिया कार्यक्रममा सहभागि सरोकारवाला निकायका प्रतिनिधिहरुले यस्तो बताएका हुन् । कार्यक्रममा महिला अधिकारकर्मी राधिका सापकोटाले महिलाहरुलाई नागरिकता लिने प्रक्रिया निकै झण्झटिलो र जटिल रहेको बताउनुभयो । उहाले अनेक बहानामा केरकार गर्ने, श्रीमानको बारेमा अनावश्यक कुराहरु सोधेर हैरान पारिने, लगायतको समस्या रहेको बताउनुभयो । यसैगरी उहाले विवाह गरेपछि श्रीमानले छाडेका महिलाहरुलाई त झन समस्या रहेको बताउँदै श्रीमान् खोजेर ल्याएपछि नागरिकता बनाइदिउला सम्म पनि भनिने अवस्था रहेको समेत बताउनुभयो । अधिकारकर्मी सापकोटाले जिल्लाको अवस्थाको विषयमा पनि धारणा राख्नुभएको थियो । त्यसैगरी कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता सविन श्रेष्ठले अझैपनि महिलाहरुलाई नागरिकता प्राप्तीमा समस्या रहेको बताउनुभयो । भावि संविधानमा नागरिकता अधिकारका विषयमा कार्यपत्रnप्रस्तुत गर्दै अधिवक्ता श्रेष्ठले नागरिकता बन्न जटिल अवस्था रहेको, कतिपयले आत्महत्या प्रयास समेत गरेको, बाबुको मृत्युपछि नागरिकता बन्न समस्या परेको जस्ता घटनाका बारेमा जानकारी गराउनुभएको थियो । कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता श्रेष्ठले विभिन्न संविधानमा नागरिकताका विषयमा गरिएका व्यवस्थाहरु, लगायतका विषयमा आवश्यक जानकारी गराउनुभएको थियो ।
सञ्चारिका समुह नेपालका उपाध्यक्ष सुचित्रा श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा धादिङका सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्माको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नेकपा एमालेका उपसचिव शम्भु थापा, एकिकृतnनेकपा माओवादीका जिल्ला अध्यक्ष रामबहादुर भण्डारी, जिल्ला अदालत धादिङका श्रेष्तेदार राजेन्द्रप्रसाद वाग्लेले प्रतिवद्धता मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा प्रहरी निरिक्षक बासुदेव थापा, नेकपा माओवादीका शम्भु श्रेष्ठ, नेपाल बार एशोसियसन धादिङका प्रतिनिधि रामचन्द्र भट्ट, गैर सरकारी संस्था महासंघ धादिङका अध्यक्ष दामोदर अर्याल, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली लगायत विभिन्न संघ÷संस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागिहरुले नागरिकताका विषयमा देखिएका समस्याहरुका बारेमा आवश्यक जिज्ञासा राखेका थिए भने कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्माले प्रश्नको जवाफ दिंदै नागरिकता वितरणका विषयमा जिल्लामा भएका गतिविधि बारेमा जानकारी गराउनुभएको थियो । उहाले कार्यक्रममा आफुहरु कानुनले तोके अनुसार नै अगाडि बढेको भन्दै यसमा जटिल समस्या नरहेको बताउनुभएको थियो ।