नुहाउने साबुन नदिएको भन्दै श्रीमतीको घाँटी रेटेर हत्या – 

1211 पटक पढिएको

२ बैशाख २०७२, बुधबार ०७:४४ सम्पादक: धादिङ न्यूज

murder_803202432 नवलपरासी अर्खला गाविस ९ का हुमबहादुर विकले नुहाउने साबुन नपाएको रीसको झोकमा पत्नीको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ।
हुमबहादुरले आफूभन्दा पहिला पत्नीले नुहाउने साबुन लिएर गएको निहुँमा हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायका अनुसार आफू पनि नुहाउन जाने बताइरहँदा पत्नीले भन्दै नभनी साबुन लिएर गएपछि पछ्याउँदै गएका हुमबहादुरले २१ वर्षीय पत्नीलाई पँधेरानजिक हँसियाले घाँटी रेटेर हत्या गरेको बयान दिएका छन्।