धादिङमा महिला माथि हुने हिंसा बढ्यो

480 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ– धादिङ जिल्लामा महिला माथीको हिंसाको घट्ना बढ्दै गएकोमा सरोकारवालाहरले चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समयमा बालिकामाथीको यौन हिंसाको घटना बढ्दै गएकोले गर्दा बालिकामाथीको सुरक्षाको खतरा रहेको बताएका हुन् । महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको आयोजनामा धादिङ वेशीमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् । महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले देशभर नै जिल्ला जिल्लामा पुगेर महिला हिंसाको अवस्था, हिंसा हुनुको कारण र निराकरणको उपाय पत्ता लगाउने उद्देश्यले महिला तथा बालबालिका कार्यालय धादिङमा जिल्लाका सरोकारवालाहरु वीचमा छलफल गरिएको हो । छलफलमा सहभागी सरोकारवालहरुले महिलामाथीको हिंसा कम गर्न हिंसा हुनै नहुने वातावरण तयार गर्न आवश्यक रहेको बताएका छन् । साथै अहिलेको कानुन पीडित मैत्री हुन नसकेकोले पीडित मैत्री कानुन निमार्ण गर्नुपर्ने, पीडितको सुरक्षा र पुर्नस्थापनामा ध्यान दिनुपर्ने र द्रुत न्याय प्रणालीमा जोड दिनुपर्ने बताएका थिए ।