‘ह्वाइट हाउसमा बम पड्काउने चेतावनी दिने’ दुई नेपाली भाषी भुटानी पक्राउ

521 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

timthumb

अमेरिकी राष्ट्रपति भवन ‘ह्वाइट हाउस’मा बम पड्काउने चेतावनी दिने २ जना नेपालीलाई अमेरिकी प्रहरीले पक्राउ गरेको छ ।

आफूलाई अलकायदाको सदस्य भन्दै ह्वाइट हाउसमा बम विस्फोटको चेतावनी दिने २८ वर्षीय गुरु धिमाल र ६७ वर्षीय भगिरथ कोइराला हुन् ।

प्रहरीलाई उद्धृत गर्दै स्थानीय ‘न्यूज नेट फाइभ’लेजनाएअनुसार गुरु धिमालले गत शुक्रबार अमेरिकाको इर्मेजेन्सी नम्बर ९११ मा फोन गरी आफू अलकायदाको सदस्य भएको बताएका थिए ।

‘हामीले ह्वाइट हाउसमा बम विस्फोट गराउने तयारी गरिरहेका छौं’ भन्दै धिमालले फोन अपरेटरसँग गरेको कुराकानी प्रहरीले सार्वजनिक गरेको छ ।

आफूसँग बम नरहेपनि न्यूयोर्कमा रहेका आफ्ना साथीहरुसँग बम रहेको भन्दै उनले मे १ मा वासिंग्टनमा बम पड्काउने तयारी भइरहेको बताएका थिए । आफू ओहायो क्लिभल्यान्डनजिकै बसमा यात्रा गरिरहेको भन्दै बस नम्बरसमेत टिपाएपछि सुरक्षा निकायले धिमाललाई पक्रेको थियो ।

आतंक फैलाएको अभियोगमा प्रहरीले धिमाल र उनका काका पर्ने भगिरथ कोइरालालाई पक्राउ गरेको छ । गत सोमबार अदालतमा पेश गरिएका उनीहरुसँग रिहाइका लागि २५ हजार डलर धरौटी मागिएको समाचारमा उल्लेख छ । अन्तिम सुनुवाइ भने अप्रिल २१ मा तोकिएको छ ।