मकालु टेलिभिजन राष्ट्रिय प्रसारणमा

1087 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

downloadधादिङ– पूर्वाञ्चलको विराटनगरबाट सञ्चालित मकालु टेलिभिजन बैशाख २ गते देखि राष्ट्रियस्तरको टेलिभिजनमा परिणत भएको छ ।

केबल टेलिभिजनको माध्यमबाट प्रसारण हुँदै आइरहेको सो टेलिभिजन डिजिटल प्रविधिमा परिणत भई राष्ट्रव्यापी रुपमा प्रसारणको तयारीका लागि सेवा विस्तारको कार्य सुरु गरिएको सो टेलिभिजनद्वारा मंगलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

टेलिभिजनले वैशाख महिनाभित्रै आफ्नो क्षेत्र विस्तार गरी काठमाडौँ उपत्यकाका साथै पूर्वाञ्चलका सबै जिल्लामा पहुँच पु¥याउने लक्ष्य लिएको टेलिभिजनका अध्यक्ष दिनेश सुवेदीले बताउनु भयो ।

पूर्वाञ्चललाई केन्द्रबिन्दु बनाएर पाँच वर्र्षअधि स्थापना भएको सो टेलिभिजनले ६० प्रतिशत समाचार तथा समाचारमूलक कार्यक्रम र ४० प्रतिशत मनोरञ्जनात्मक तथा सूचनामूलक कार्यक्रम प्रसारण गर्दै आइरहेको छ ।