पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाको निधन

988 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

subatha (1)

संविधानसभाका जेष्ठ सदस्य एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको ८८ वर्षको उमेरमा निधन भएको छ । थापाको भारतको मेदान्त अस्पतालमा उपचारका क्रममा बुधबार राति निधन भएको हो ।

स्वास प्रस्वासमा समस्या भएपछि थापालाई भेन्टिलेटरमा राखिएको थियो । उनको उपचारकै क्रममा निधन भएको राप्रपाका सहायक प्रवक्ता किरण गिरीले जानकारी दिए ।

थापाले गत चैत ५ गतेमात्र ८८ औं जन्म दिन मनाएका थिए । उनी चैत १६ गते उपचारका लागि दिल्ली गएका थिए । थापाले शुक्रबार मात्र आन्द्राको सफल सल्यक्रिया भएको थियो ।

डाक्टरहरूले १५ दिन अस्पतालमा बस्नु पर्ने बताएका थिए । तर, बुधबार साँझ स्वासप्रवासमा समस्या बढेपछि भेन्टिलेटरमा राखिएको थियो ।

धनकुटाको मुगामा जन्मिएका थापा ५ पटक प्रधानमन्त्री भएका थिए । २०१५ सालमा राजा महेन्द्रले संसदको निर्वाचन घोषणा गरेपछि गठित सल्लाहकार सभामा थापा अध्यक्ष थिए । पछिल्लो पटक उनी शाही कालमा प्रधानमन्त्री भएका थिए ।

थापाका छोरा सुनिल थापा बाणिज्यमन्त्री छन्  । उनी बाबुलार्इ लिएर उपचारका लागि दिल्ली गएका थिए ।

यसैबीच वरिष्ठ नेताको निधनको शोकमा परेको राप्रपाले बिहीबार बिहान पार्टीको बैठक बोलाएको छ ।