एक्कासी धादिङबेसीमा हेलिकोप्टर किन आयो ?
571 पटक पढिएको

धादिङ– बुधबार दिउँसो एक्कासी धादिङबेसीको खुल्ला मन्चमा हेलिकोप्टर आएपछि नजिकका स्थानीयहरु अचम्ममा परेका थिए । कुनै ठुलै मान्छेको आवागमन भएको होला भनेर नजिकका स्थानीयहरु कानेखुसि गरीरहेको थिए । तर हेलिकोप्टरमा झुन्डाएर एउटा ठुलो सामान उत्तरी धादिङतीर उडेपछी भने स्थानीयले बल्ल सोचे कुनै सामान लिनको लागी हेलिकोप्टर आएको रहेछ भनेर । उत्तरी धादिङको आफलखोला लधु जल विद्युत आयोजनाको उपकरण बुधाबार हेलिकप्टर मार्फत बुधबार निर्माण स्थल लगिएको छ । उत्तरी क्षेत्र जोड््ने मोटर बाटो नभएको कारण लाखौँ खर्च गरेर हेलिकप्टर मार्फत उपकरण चार्टर गरिएको गरिने गरेको छ । रि गाउँ विकसा समितिको वडा नम्बर दुई स्थित आफलखोलामा निर्ण हुन लागको एक सय किलोवाट क्षमताको लधुजलविद्युत आयोजनाको सामान सदरमुकाम धादिङबेसीबाट हेलिकप्रमा झुन्डाएर निर्माण स्थल लगिएको हो । ५५ लाखमा खरिद गरेको सामानको ढुवानी खर्च हेलिकप्टलाई मात्रै १० लाख बुझाउनु परेको आयोजनाका एक सदस्यले बताउनु भयो ।