धादिङ जिविसमा डिजिटल नोटिस वोर्ड
675 पटक पढिएको

धादिङ,३ बैशाख – सेवाग्राहीहरुको हितलाई ध्यानमा राखि जिल्ला विकास समितिको कार्यालय धादिङले डिजिटल नोटिस बोर्ड संचालनमा ल्याएको छ ।
कार्यालयवाट प्रवाह हुने सेवा सुविधा,विभिन्न निर्णय,विकास योजनाहरुको वजेट विनियोजन तथा अन्य आधारभुत जानकारीहरु समेटिएको डिजिटल नोटिस बोर्डको स्थानीय विकास अधिकारी लक्ष्मणबिक्रम थापाले बुधवार एक कार्यक्रमका बिच शुभारम्भ गर्नु भएको हो ।
जिल्ला परिषदवाट पारित योजनाहरुको शिर्षक र विनियोजित रकम, उपभोक्ता समितिको गठन, योजना सम्झौता लगायतका बिषयमा पनि डिजिटल नोटिस वोर्डमा जानकारी राखिने वताईएको छ । नयाँ बर्ष संगै धादिङमा स्थानीय विकास अधिकारीको जिम्मेवारी सम्हाल्न आउनु भएका थापाले कार्यालयको दैनिक गतिविधिलाई पारदर्शी ढंगबाट आम नागरिकका बिच प्रवाह गर्दै सुशासन कायम राख्नका निम्ति नयाँ प्रयोगको शुरुवात गरिएको वताउनु भयो ।
हरेक सेवाग्राहीको जिज्ञासा समाधानका लागि समय दिन कठिनाई हुन सक्ने भएकाले सबैको चासो रहेको बिषयलाई डिजिटल नोटिस वोर्डमा प्रकाशित गर्ने व्यवस्था मिलाईएको जिविस धादिङका सूचना अधिकृत भोला गौतमले जानकारी दिनु भयो । जिल्ला विकास समिति धादिङमा प्राविधिक सुधारका लागि सहयोग गर्दै आईरहेको कोरिया इन्टरनेशनल को अपरेशन (कोइका )को सहयोगमा डिजिटल नोटिस वोर्ड संचालनमा ल्याईएको हो । जिल्ला विकास समितिले यस अघि कार्यालयका सबै सेवाप्रदायक कक्षमा सिसिटभी जडान गरी कार्यालय भित्र हुने दैनिक गतिविधिहरुको निगरानी राख्दै आईरहेको छ ।