किन हराउदै छ धादिङमा परम्परागत आरनव्यावसाय

575 पटक पढिएको

सम्पादक: Dhading News

aranधादिङ– धादिङका गाउँहरुमा परम्परादेखी सन्चालन हुदँै आएको आरन व्यावसाय बिस्तारै लोप हुदँै गएको छ । विगतमा यस व्यवसायमा दर्जनौं व्यक्ति आबद्ध भए पनि हाल यसको सख्या घट्दै गएको आरन व्यवसायसँग सम्बन्धित व्यक्तिहरू बताउँछन । आरन व्यवसायबाट जीविकोपार्जन नहुने भएपछि उनीहरूले व्यवसाय परिवर्तन गर्दै गएका हुन् । आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूले व्यवसाय परिवर्तन गरिरहेको आरनव्यावसायी शंकर विकले बताउनु भयो । चार पुस्तादेखि आरन व्यवसाय सञ्चालन गर्दै आए पनि आर्थिक अवस्था सुध्रिनुको साटो झनै कमजोर हुँदै गएको शंकर विक बताउनु हुन्छ । भन्छन ‘अब म पनि यो यवसायको विकल्प खोज्दै छु । यसबाट साँझबिहानको छाक टार्न पनि मुश्किल छ । यसलाई हटाएर अरू नै काम गर्नुपर्ला । म सँगैका धेरै साथीमध्ये अन्य व्यवसाय गरिरहेका छन । कोही किराना पसल गरिरहेका छन् त कोहीले सिलाइकटाइ गरेका छन्न।’ आर्थिक अवस्था कमजोर भएकाले कुन व्यवसाय शुरू गर्ने उनी आफै अन्योलमा छन् । काम अनुसारको दाम नभएपनि पछिल्ला पुस्ताले आरन व्यवासयनै छोड्न थालेका छन् । आरन व्यावसायको लागि आवश्यक पर्ने गोल पनि नपाउने कारणले गर्दा पनि व्यावसाय संकटमा परेको हो । दैनिक १५÷१६ घण्टाकाम गर्दा पनि विहान बेलुकाको छाँक टार्नपनि मुस्किल परेकोले आफुहरुले यो पेशा नै छोड्न खोजेको सानुभाई विकले गुनासो गर्नुभयो । आरन व्यवसाय गर्दै आएका उनीहरूले पुस्तौंदेखि यही व्यवसाय गरेकाले अरू व्यवसाय गरूँ भने पनि हातमा शीप नभएको उनीहरुको गुनासो छ ।