यसरी सकियो ३० सेकेन्डमा तीन करोड

603 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

punam_madan_money_253255120फोटो :नोटको वर्षा गराउँदै बिजेपी सांसद पुनम मदान । तस्बिर: एजेन्सी
अहमदाबाद: गुजरातमा भारतीय जनता पार्टीकी एक महिला सांसद नोटको वर्षा गराएकी छन् । ती सांसदले ३० सेकन्डभित्रै तीन करोड भारतीय रुपैयाँका नोटको वर्षा गराएकी हुन् अन्नपूर्ण पोष्टमा खबर छ ।

गुजरातको जुनागढ जिल्लामा आयोजित प्रसिद्द धार्मिमक कार्यक्रममा ती महिला सांसदले श्रद्दालु भक्तजनलार्इ लक्षित गरी नोटको वर्षा गराएकी हुन् । (भिडियो हेर्नुस)

उनले नोटको वर्षा गराएको भिडियो बाहिर आएपछि भारतीय राजनीतिमा नयाँ विवाद खडा भएको छ । भारतीय सञ्चारमाध्यमहरुले जनाएअनुसार यसरी नोटको वर्षा गराइएको पहिलो पटक हो ।

भिडियोमा गुजरातकै जामनगरबाट विजयी महिला सांसद पुनम मदानले १०-१० रुपैयाँका नोटको बिटा फुकाउँदै धार्मिक कार्यक्रममा नाचिरहेका श्रद्दालुको भींडमा उडाएकी हुन् ।

पैसा उडाइएको बारेमा प्रतिक्रिया दिँदै उनले आफ्नो कामको बचाउ गर्दै त्यहाँ चलिरहेको मेलामा पैसा उडाएको नभइ दान गरेको प्रतिक्रिया दिएकी छ्न् ।

उनले यसभन्दा अघि पनि यो कार्यक्रममा भाग लिएको बताउँदै यो पटक पनि अघिल्ला कार्यक्रममा जस्दै आफूले पैसा दान गरेको बताइन् ।

भारतीय सञ्चारमाध्यमले सांसद पुनमले पैसा उडाएको समेत भिडियो देखाइरहँदा उनी भने आफ्नो बताउमा लागेकी हुन् । ‘यो पैसा बाँड्जेस्तो कार्यक्रम होइन’, उनले भनेकी छन्, ‘यो संस्कृतिको सम्मान हो ।’

यहाँ सय सालबाट यो धार्मिक कार्यक्रम चलिरहेको बताइएको छ । सांसद पुनमले यो धार्मिक कार्यक्रममा आफूसहित एक पूर्वविधायक र केही कांग्रेसका नेताहरु पनि सहभागी रहेको दाबी गरेकी छन् ।