धादिङवेशीका पसलहरुमा ढक तराजुको परीक्षण

744 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

download (1)धादिङवेशी-ढक तराजुबाट उपभोक्ताहरु ठगिएको गुनासो आइरहेको बेला धादिङवेशीमा गुणस्तर तथा नापतौल विभाग काठमाण्डौले ढक तथा तराजुहरुको चेकजाँच सुरु गरेको छ । व्यापारीहरुले कम तौलका ढक तराजु प्रयोग गरि सामानहरुको विक्रिवितरण गरेको भन्ने जनगुनासो आउन थालेपछि गुणस्तर तथा नापतौल विभाग क्षेत्रिय कार्यलय काठमाण्डौले धादिङ उद्योग बाणिज्य संघको समन्वयमा धादिङवेशीका पसलका ढकतराजुको अनुगमन र चेकजाँच सुरु गरेको हो । जुनजुन पसलमा ढकतराजुको प्रयोग हुन्छ त्यो पसलका ढक तराजुको तौल ठिक छ कि छैन भनेर नापतौल विभागले प्रत्येक वर्ष अनुगमन गर्ने गरेको र बार्षिक कार्यक्रम अनुसार नै अहिले चेक जाँचको लागि धादिङवेशी आएको हो । अनुगमन टोलीले
ढकतराजुको अन्तराष्ट्रिय मापदण्डअनुसारको तौल भए–नभएको हेर्ने र कम भएको खण्डमा ढकतराजुको तौल मिलाइदिने गुणस्तर तथा नापतौल विभागका निरिक्षक मौनता मानन्धरले बताउनुभयो । धादिङवेशीमा ढक तराजुको चेकजाँच तिन दिनसम्म हुने र जिल्लाका सवै व्यापारीहरुलाइ ढकतराजुको चेक जाँच गराएर मात्र व्यापार गर्न गुणस्तर तथा नापतौल विभागले अनुरोध गरेको छ । धादिङ जिल्लामा नापतौल विभागको कार्यलय नभएकाले हरेक वर्ष गुणस्तर तथा नापतौल विभागवाट चेकजाँच गर्न आउने भएपनि त्यो अधिकांस चेकजाँच र अनुगमन शहर वजार मात्र केन्द्रित हुने
गरेको छ । प्रत्येक वर्ष हुने यस्ता चेक जाँचहरु ग्रामिण क्षेत्रका बजारहरुमा पनि हुनुपर्ने स्थानियहरुले माग राखेका छन ।